
चैत्र ३,कालिकोट । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । कालिकोटको मान्म बजारमा यस वषको होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।
उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । मान्ममा मात्रै होइन बजारका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् । पहाडी जिल्लामा आज मनाइएको यस पर्व तराईमा भने भोलि मनाइनेछ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।




karnalipress
३ चैत्र २०७८, बिहीबार १९:२९