रास्कोटका नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

 माघ १७,कालिकोट ।  जिल्लाको रास्कोट नगरपालिकाका नागरिकले अहिलेसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाएका छैनन् । ज्येष्ठ नागरिक,एकल महिला, बालबालिका, पूर्ण अपाङगतालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले ३ चौमासिक वित्दासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छलफलका लागि नगरपालिका घेराउ गरेका छन् ।

रास्कोट नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको लार्पवाहीले आफुहरुले अहिलेसम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको रास्कोट नगरपालिका–५ का ७२ वर्षिय धनसुर तिरुवाले बताए । उनले ‘आर्थिक वर्ष २०७७/०७८ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता र चालु आर्थिक वर्षको साउनदेखि पाउनुपर्ने सामाजिक सुरक्षा अहिलेसम्म पनि पाउन नसकेको भन्दै दुखेसो पोखे ।’

नेपाल सरकारले प्रत्येक चौमासिकमा दिदै आएको सामाजिक सुरक्षा भत्ता रास्कोट नगरपालिकाका नागरिकले अहिले सम्म पनि पाउन सकेका छैनन् । अघिल्लो आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता पाएका छैर्नौ, साउनदेखि अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता दिने हुन कि होइनन् ।’ तिरुवाले भने, ‘नेपाल सरकारले त दिएकै हो तर हाम्रा कर्मचारी र जनप्रतिनिधिलाई भ्रष्टाचार गर्नुथियो, हामीलाई विर्सेछन् आफ्ना पेट भर्न मात्र लागे र आएको रकम पनि अहिलेसम्म दिएनन् ।’

आफुले सामाजिक सुरक्षा भत्ता समयमै नपाएकाले गुजारा चलाउन समेत समस्या भएको रास्कोट नगरपालिका–५ का ७३ वर्षिय गणेशबहादुर शाहीले बताए । हामीले आँखा राम्ररी देख्दैर्नौ, पढ्न पनि जान्दैनौ तर पनि सरकारले दिने रकमबाट आफ्नो दैनिक गुजारा चलाउर्दै आएका थिर्यौ त्यो पनि नगरपालिकाले दिएन शाहीले भने, ‘चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता रकम पाउने आश पनि मरिसक्यो र नगरपालिकामा आर्यौ ।’ सरकारले दिएको सामाजिक सुरक्षा भत्ता पनि कर्मचारी र जनप्रतिनिधिले आफुले आफ्नो घर खेत बेचेर दिए जस्तो मान्ने हुनाले पनि समयमा पाउन नसकेको नागरिकको गुनासो छ ।

सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि अघिल्लो बर्षको अन्तिम चौमासिक र चालु वर्षको पहिलो चौमासिक पाउन सकेका छैनन् । विगतमा त भत्ता चार÷चार महिनाको पाइन्थ्यो । यो वर्ष त फागुन लाग्नै थालिसक्यो अझै भत्ता पाएका छैनौँ । कतै भत्ता कटाएको त होइन सरकारले ? जनप्रतिनिधिलाई सोध्यो आउँछ आउँछ भन्छन् तर अहिलेसम्म पाइएको छैन ।’ रास्कोटका गणेश शाहीले भने, ‘अन्य स्थानीय तहले समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्यो रास्कोटमा मात्र किन रोकियो कसैलाई जानकारी छैन ।’

सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाहरूले पाउँदै आएको पोषण बापतको भत्तासमेत रास्कोट नगरपालिका भित्रका बालबालिकाहरूले अहिलेसम्म पाउन सकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकाहरूलाई प्रति महिना ४ सय रुपियाँका दरले वार्षिक दिदै आएको पोषण भत्ता पनि पाउन सकेका छैनन् ।

गत आर्थिक वर्षको अन्तिम चौमासिक निकासाका लागि आफुले पहल गरिरहेको र चालु आर्थिक वर्षको साउदेखिको सामाजिक सुरक्षा भत्ता केही दिनमा दिइसक्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालले बताए । उनले बैंक सिस्टममाबाट नागरिकको खातामा जाने भएकाले केही ढिला भएकाले समयमै दिन नसकेको स्विकार गरे ।by-ekarnalipati