बाल संवेदनशिलता र बाल पत्रकारका लागि संचारकर्मीलाई तालिम सुरु

फाल्गुण २७,कालिकोट । कालिकोटमा संचारकर्मीहरुका लागि वाल संवेदनशिलता पत्रकारिता र बाल अधिकार पैरवी सम्वन्धी ३ दिने तालिम सुरु भएको छ।वालबालिका माथि हुदै आएका हरेक क्रियाकलाप तथा गतिविधी र बालबालिकाले पाउनै पर्ने अधिकारका विषयमा पत्रकार तथा संचारकर्मीहरुले खेल्न सक्ने भुमिकाका विषयमा छलफल हुने छ ।

बाल अभियान्तालाई सञ्चार क्षेत्र लगायत समाजका विभिन्न क्षेत्रमा नेतृत्व लिन सक्ने क्षमता विकासका लागि सहयोगी भुमिका निर्वाह गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको शुभकालिका गाउँपालिकाका फिल्ड कार्यालय परियोजना संयोजक (बाल संरक्षण) प्रकाश बहादुर शाहीले बताए । उनका अनुसार पछिल्लो समय कालिकोटका स्थानीय तहमा रहेका वालबालिकाहरुलाई विभिन्न तालिमहरु दिएर समाजमा रहेका हानिकारक अभ्यास न्युनिकरण तिर बालबालिका सक्रिय भएको बताए । बालबालिकाको क्षेत्रमा पत्रकार तथा संचारकर्मीहरुको महत्वपुर्ण भुमिका रहेकाले सहयोग गर्न समेत शाहीले आग्रह गरे ।

वालबालिकाहरुलाई पत्रकारीताका माध्यमबाट आफ्ना सवालहरुलाई रचनात्मक तथा समालोचनात्मक तरिकाले अभिव्यक्त गर्ने कलाका बारेमा सिकाउने तथा बाल अधिकारका विषयमा विशेष जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेको तिलागुफा नगरपालिकाका फिल्ड कार्यालय परियोजना संयोजक(वाल संरक्षण) सरिता खत्रीले बताइन् ।

सेभ द चिल्डे्न का बाल अधिकार शासन ,बाल संरक्षण परियोजना संयोजक बाले विश्वकर्माले बालबालिकालाई बाल अधिकार र पैरवीका बारेमा बुझाउने तथा पत्रकारीतालाई पैरवी माध्ययमका रुपमा प्रयोग गर्ने गरी तरिका सिकाउने उद्धेश्य रहेको बताए । उनका अनुसार बालिकाहरुले बाल पत्रकारीता र सरोकारवालासंग छलफल गर्न सक्ने सिप सिकाई आफ्नै नेतृत्वमा बाल कचहरी, रेडियो बहस तथा कार्यक्रम संचालन गर्न सक्षम बनाउनु पनि मुख्य लक्ष्य रहेको उनको भनाई छ ।

किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले विगत लामो समयदेखि वालबालिकाको क्षेत्रमा ,वालविवाहको क्षेत्रमा तथा विभिन्न कुरीती कुसंस्कारको विरुद्धमा काम गदै आएको बताउदै वालवालिकाहरुलाई सक्षम बनाउन तथा उनिहरुको अधिकारको प्रत्याभुत गराउनका लागि तालिमको आयोजना गरेको बताएका छन् ।

कार्यक्रममा प्रशिक्षक सामुदायिक सुचना नेटवर्क सीआइएनका उप सम्पादक शोबिता रिसालले बाल अधिकारको बारेमा जानकारी तथा बाल अधिकार सुनिश्चितताको लागि आम संचार माध्यमको भुमिकाका विषयमा बाल पत्रकारहरुलाई प्रशिक्षण दिनेछन् ।
यस्तै प्रशिक्षक कान्तिपुरका बरिष्ठ सहायक सम्पादक घनश्याम खड्काले कालिकोटका मिडियामा कार्यरत पत्रकार तथा संचारकर्मीहरुले वालवालिकाको अधिकार,वालवालिकाको क्षेत्रमा गरेका क्रियाकलापको बारेमा छलफल गर्नेछन् ।

आगामी दिनमा वालवालिकाको हरेक अधिकारका लागि पत्रकारहरुको भुमिका के कस्तो रहन्छ,पत्रकारले गर्ने सहयोग,पत्रकारीताको क्षेत्रबाट बाल अधिकारका क्षेत्रमा पुगेको सहयोग र निकट भविष्यमा गर्नुपर्ने कामका विषयमा जानकारी दिने प्रशिक्षक खड्काको भनाई छ ।

सेभ द चिल्डे«नको सहयोग ,किर्डाक नेपाल कालिकोटको सहजिकरण तथा नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा ३ दिने तालिमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ कालिकोटका पुर्व अध्यक्ष एवं किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको अध्यक्षता, माननीय जिल्ला न्यायधीस लालकाजी श्रेष्ठको प्रमुख आथित्यता,प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,कालिकोट प्रहरी प्रमुख सिद्धाराज न्यौपाने लगाएतका सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले संचारकर्मीहरुका लागि बाल संवेदशिलता पत्रकारीता र बालअधिकार पैरवी सम्वन्धीको तालिम कार्यरत पत्रकारहरुलाई आवश्यक रहेको बताएका छन् । बालवालिकाहरुका लागि वाल पत्रकारीता तालिम गर्नुमा धेरै वालवालिकाहरुको हितका लागि भएको सहभागि अतिथिहरुको भनाई छ ।

वाल बालिकाहरुका लागि बाल पत्रकारमा तिलागुफा नगरपालिकाका १२ जना किशोरकिशोरी र शुभकालिका गाउँपालिकाबाट ९ जना किशोर किशोरीहरु तालिममा सहभागि रहेको दस्तावेजिकरण रिपोटिङ प्रतिवेदक अफिसर सवि राईले बताएकी छन् । उनका अनुसार संचारकर्मीहरुका लागि बाल संवेदनशिलता पत्रकारीता र बाल अधिकार पैरवी तालिमका लागि २५ जना जिल्ला स्थित मिडियामा कार्यरत पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।