
असोज १५,कालीकोट। जिल्लाको पचालझरना गाउँपालिकामा देउडा महोत्सव सुरू भएको छ। कर्णाली प्रदेश सरकारका पुर्व कृषि मन्त्री विमला केसिले देउडा महोत्सव उद्घाटन गरेकि छन। स्थानीय कला सांस्कृतिक , र मनोरन्जन पचालझरनाको प्रचार प्रसार गर्न आयोजना गरिएको एैतिहासिक देउडा महोत्सवको उद्घाटन गरीएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने, महिला नेतृ एल्किना बम, रास्कोट नगरपालिका उप प्रमुख मिमसरा वम, लगायतको सहभागीतामा देउडा महोत्सवको उद्घाटन गरिएको आयोजकले जनाएको छ ।उद्घाटनको पहिलो दिनमा देउडा खेलाडि पानसरा थापा, स्थानीय देउडा प्रस्तुत गरिएको थियो।कार्यक्रम असोज १८ गते सम्म संन्चालन हुने छ।



karnalipress
१५ आश्विन २०७८, शुक्रबार १८:४२