उपकुलपतिको मृत्यु भनी घृणित कार्य गर्नेको सर्वत्र निन्दा

श्रावण २३, सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रा.डा.सिंहको मृत्यूको झुटो कार्य गर्ने प्रती सर्वत्र निन्दा  गरिएको छ ।

विश्वविद्यालयको लेटरप्याड र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षरको दुरुपयोग गरी सामाजिक सञ्जालमा उपकुलपति सिंहको मृत्यु भएको भनी अत्यन्तै अमानविय कार्य गरिएको हुदा यस्तो कार्य गर्ने लाई  कारभाईको माग गरीएको हाे ।

यस्ता अपराधिक कार्य गर्ने समुहको पहिचान गरी विश्वविद्यालय विरोधी गतिविधि गर्ने छुट कसैलाई नदिने वार्ता टोलीका सदस्य उप–प्राध्यापक विष्णुकुमार खड्काले जानकारी दिए।

विश्वविद्यालयका उपकुलपति सिंहले भ्रष्टाचार र गलत क्रियाकलापका विरुद्ध कडा कदम चालेकाले केहि अपराधिक मानसिकता भएका मानिसहरूले उनलाई अनेक तवरबाट अप्ठ्यारो पार्न खोजेकाे हुन सक्ने बताएको छ ।केहि समय अगाडि केहि उत्श्रृखल विद्यार्थीहरूले  उपकुलपति सिंहको विरोध प्रदर्शन गरेका थिए ।

यस्तो छ