
ललित विष्ट कालीकाेट । कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि रास्काेटमा खुसियाली मनाइएको छ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न शुक्रबार अर्थ मन्त्रालयले निर्णय गरेपछि रास्काेटमा खुसियाली छाएको हाे।
रास्काेटमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि हिजो अर्थमन्त्रालयले निर्णय गरेपछि रास्कोट रास्काेटमा खुसियाली मनाइएको नगर प्रमुख धर्मराज शाहीले बताए । उनले ‘रास्काेटका नागरिकको वर्षौं देखिको माग पूरा भएको छ,’ उनले भने, ‘अब नागरिकता बनाउनकै लागि कम्तीमा ३ दिनको समय र ३ हजार रुपियाँ बचत हुनेछ,जनताका मुद्दा र रास्काेटी जनताको सुरक्षा हुन्छ।’ उनले रास्कोट इलाका प्रशासनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
रास्काेटका नगरपालिकाका उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिए । संघीयताको मर्मअनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भएकाले खुसियाली मनाइएको उनको भनाइ छ। रास्काेटमा इलाका प्रशासन निर्माण हुने सुनिश्चित भएपछि स्थानीय समेत खुसी छन् ।



karnalipress
१२ पुष २०८२, शनिबार १८:५८