
३ फाल्गुन, दैलेख । दैलेखकाे महाबु गाउँपालिका वर्ड नं-४ फागुमा जिप दुर्घटनाम हुदा एक जनाकाे मृत्युु भएकाे छ,भने ६ जना घाइते भएका छन् ।मङ्गलबार सदरमुकाम दैलेखदेखि महाबु गाउँपालिकाकाे कासिकाध तर्फ जाँदै गरेकाे बागमती प्रदेश ०१.०२६ च ५२६६ नं. बोलेरो जिप दुर्घटना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको गैडावाज प्रहरी चौकिका हवल्दार दिपेन्द्र सिंहले जानकारी दिए। मृत्यु हुनेमा महाबु गाउँपालिका वडा नम्बर-५ गडिगाउ घर भई साेहि ठाउँमा रहेकाे शिव आधारभुत बिद्यालयका प्रध्यानाध्यापक राम बहादुर हमाल रहेकाे प्रहरिले जनाएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते भएकालाई थप ६ जना लाई उपचारको लगि जिल्ला अस्पताल दैलेखमा पठाईएको छ । घटनाबारे थप बिवरण आउन बाकि छ ।



karnalipress
३ फाल्गुन २०७८, मंगलवार २१:१७