लागुऔषध कारोवारमा एक जना प्रक्राउ

श्रावण २५,कालीकोट। प्रहरीले लागु औषध कारोवारमा संलन्न भएको भन्दै एक जनालाई प्रक्राउ गरेको छ । मान्म वजारवाट खाँडाचक्र नगरपालिका वडा नं २ का भिमवहादुर बिष्टका छोरा वर्ष ३० का पंखवहादुर बिष्टलाई प्रक्राउ गरेको हो ।

सुरुमा प्रहरीले पाँच जनालाई आशंका गरेर प्रक्राउ गरेको थियो । तिनैको सुराकीको आधारमा पंखलाई पनि प्रक्राउ गर्दा उनिवाट २१० मिलीग्राम खैरो व्राउन सुगर जस्तो देखि लागु औषध समेत वरामत भएको प्रहरीले पुस्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार ल्यापमा परिक्षण नगर्दा सम्म भन्न नसकिने भएपनि लागु औषध नै भएकाले बिष्टलाई प्रक्राउ गरी अनुसन्धान भईरहेको वताउनुभयो । अरु युवासंग भने कुनै प्रमाण नभेटिएपछि सोधपुछ पछि छोडिएको शाहीले वताउनुभयो ।