कालिकोटमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु गरिएको छ । सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँने निर्णय गरे अनुसार कालिकोट जिल्लामा आजबाट खोप अभियानमा जिल्लाभरका सबै पालिकाहरुमा सुरु गरीएको हो ।

सरकारले ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ।