
श्रावण १८, सिन्धुपाल्चोक । असारमा उर्लिएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रको अधिकांश बजार र गाउँ बगर तुल्यायो । शनिबार त्यही बाढी दोहोरियो । स्थानीयमा भागभाग चल्यो । हेलम्बु गाउँपालिकाको वडा–१ स्थित सेमेसिदाङ हिमश्रृंखलाको काख भीमथाङबाटै आइरहेको कालो लेदोसहितको बाढीलाई स्थानीय र जनप्रतिनिधिले आफ्नै अनुमान लगाए ।

हेलम्बु क्षेत्रमा खासै वर्षात नहुँदा पनि बाढीको सतह घटबढ नभएपछि बुझ्न जनप्रतिनिधि हेलम्बुको भीमथाङ पुग्ने प्रयासमा थिए ।‘भीमथाङ चौर बीचमा दुई सय मिटर बगर बनेको छ, दुवैतिरबाट लड्दै पहिरो बगिरहेको छ, भीमथाङ खोलाबाट कालो लेदोको बाढी झर्दैछ, त्यही मिसिएर आएको मेलम्ची नदीको बाढीको सतह अझै बढेको हो

यसअघि भूर्गभविद डा. रविनराज निरौलाबाट पाएको जानकारीको आधारमा गाउँपालिकालेभीमथाङ चौरको २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने हालसम्म यकिन नरहेको जनाएको थियो ।भीमथाङ चौरमा थोरै पहिरो गएको र अझै धेरै बाँकी रहेको सूचनालाई जारी पनि गर्दै तट भेगका सबैलाई सर्तकता अपनाउन गाउँपालिकाले आग्रह गर्दै आएको छ ।




karnalipress
१८ श्रावण २०७८, सोमबार ०७:४५