नेपाल नर्सिङ दिवसःबिरामीहरुलाई फलफूल बितरण गरि मनाईयो।

माघ १५,कालिकोट ।  स्वास्थ्य सेवा कार्यालय कालिकोटमा नेपाल नर्सिङ दिवस बिरामीहरुलाई फलफूल बितरण गरि मनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका नि.स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्नवीर सुनारको अध्यक्षता तथा रास्कोट नगरपालिकाका नगरप्रमुख काशिचन्द्र बरालको प्रमुख आथित्याता एबम स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महत,अस्पतालमा कार्यरत चिकित्सकहरु लगायत सम्पुर्ण नर्सिङ कर्मचारी हरुको उपस्थितिमा फलफूल बितरण गरीएको हो ।

६० औं नेपाल नर्सिङ दिवसको अवसरमा जिल्ला अस्पताल कालिकोटमा भर्ना भएका बिरामीहरूलाई कार्यक्रमका अध्यक्ष नि.स्वा सेवा ब्यबस्थापक डा. रत्नवीर सुनार तथा प्रमुख अतिथि नगरप्रमुखद्वारा फलफूल बितरण गरिएको थियाे ।

सो कार्यक्रमको सन्चालन पब्लिक हेल्थ नर्स निरीक्षक सेतु शाहीले गरेकी थिईन्। कार्यक्रमको समापन मन्तब्य राख्दै  बिरामीको सेवामा अहोरात्र खटिने सम्पुर्ण नर्सिङ कर्मचारी दिदीबहिनीहरुलाई शुभकामना सहित हार्दिक धन्यवाद ज्ञापन गरेको   स्वास्थ्य सेवा कार्यालय ,कालिकोटले जनाएको छ ।