एमालेको पार्टी प्रवेश अभियानः नरहरिनाथमा प्रवेश गर्ने धेरै

फाल्गुन ९,कालिकोट।  नेकपा एमालेको पार्टी प्रवेश अभियान नरहरिनाथमा सम्पन्न गरेको छ। नेकपा एमाले नरहरिनाथ गाउँपालिका वडान-८ र ९ को संयुक्त आयोजनामा अगुवा कार्यक्रता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो।

२०४६ सालबाट नेपाली काँग्रेसमा क्रियाशिल हुँदै आएका तत्कालिन २०४९ सालको साबिक लालु गा.बि.स वडान-५ मा नेपाली काँग्रेसबाट निवाचित वडा अध्यक्ष करबिर बोहरा,नेकपा समाजबादी जिल्ला कमिटी सचिवालय सदस्य नरहरिनाथ गाउँपालिका-८ तल्कोट निवासी मान बहादुर शाही ,नरहरिनाथ-८ कै २०७४ सालमा निर्वाचित दलित महिला सदस्य चन्दा कामी,नेपाली काँग्रेस परित्याग गरि नरहरिनाथ-९ का चम्फे बोहरा,जाईफल शाही,जौकला दर्जी,सरमती बोहरा,अनिपाल सुनार,नेकपा माओबादी केन्द्र पार्टी परित्याग गरि भरत शाही,पाना सुनार,तुल्छा सार्की,समाजबादी पार्टी परित्याग गरि प्रसादे बि.क,दुदकला सार्की,सर्पे दर्जी,गौरा सार्की,लाल दर्जी,नेपाली काँग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा समाजबादी पार्टी परित्याग गरि २२ जना नेता कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेका हुन।

अगुवा कार्यक्रममा बोल्दै जिल्ला कमिटी सचिव तथा प्रमुख अतिथि टेकबहादुर बुढाले नेकपा एमालेको राष्ट्रियता र बिकासप्रतिको लगाव देखेर अहिलेको बामगठबन्धन अत्तालिएको र राष्ट्रघाँती एमसीसीलाई टेबुल गर्ने काम यो गठबन्धन सरकारले गरेको हुदा यस्तो रास्ट्रघाती कदम चाल्ने यो गठबन्धनको आयु धेरै लामो नभएको बताए। उनले भने अब आउने स्थानिय चुनाबमा नेकपा एमालेको नरहरिनाथमा जित सुनिश्चित रहेको र नेकपा एमालेका कार्यक्रता बाट भोट पाएर भोट माथी लात हान्ने केही अवसरबादिलाई जनताको भोटको पाप लाग्ने बताए।

कार्यक्रममा नेकपा एमाले नरहरिनाथ-९ वडा कमिटी अध्यक्ष जगत दर्जिको अध्यक्षता,पार्टी जिल्ला सचिव टेक बहादुर बुढाको प्रमुख आथित्यता तथा पार्टी जिल्ला कमिटी सदस्य तथा नरहरिनाथ गाउँपालिका संयोजनकर्ता नरेश बिष्टको विशेष आथित्यता रहेको कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु लाल बहादुर बुढा, बाचा सार्की, संतोष महतारा गाउँकमिटी अध्यक्ष हिरामणी उपाध्याय सचिव प्रदिप बोहोरा लगाएतको आतिथ्यता रहेको थियो।

 

यो पनि पढ्नुहोस

नरहरिनाथमा एमाले  प्रवेस गर्नेहरुकाे लर्काे