नरहरिनाथमा एमाले  प्रवेस गर्नेहरुकाे लर्काे

फाल्गुन ४,कालिकोट। नेपाल कम्युनिस्ट पार्टी एमाले नरहरिनाथ गाउँ कमिटीको आयोजनामा गाउँ कमिटी नरहरिनाथको दोस्रो पुर्ण बैठक तथा बृहत् पार्टी प्रवेश कार्यक्रम नरहरिनाथमा मंगलबार सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न पार्टी बाट नेकपा एमालेमा दर्जनौं कार्यक्रताले प्रवेस गरेका छन्। पार्टीमा स्वागत गर्दै पार्टी जिल्ला कमिटी सचिव टेक बहादुर बुढाले समाजवादी पार्टीले देशबाट नै आफू कोल्याप्स हुने डरले अहिले महाअभियोगको प्रस्ताव अघि सारेको बताए ।

साथै अब नरहरिनाथ एमालेमय हुने र सत्ताको मोहमा परेकाहरुले विभिन्न किसिमका भ्रम फैलाएर गाउँमा आफ्नो प्रभाव छोड्न खोज्नेहरुलाई परास्त गर्नका लागि नेकपा एमाले नरहरिनाथ जगजाएर हुन पनि आग्रह गर्दै  वडा नं-६ मा नेकपा एमालेको बर्चस्व रहेको र आगामी निर्वाचनमा सहज जित हुने भएकाले पार्टिमा प्रवेश गर्ने हरुकाे लर्काे लागेकाे बताए । पार्टीमा स्वागत गर्दै  वडा नं -६ मा आफ्नो पार्टिले कोसे बटालालाई उम्मेदवारी दिने बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य सन्तोस महत्ताराले वर्तमान गठबन्धन सरकारलाई कटाक्ष गर्दै निर्वाचन धकेल्नका लागि मापसे सरकार विभिन्न बाहानाबाजिमा लागिरहेको समेत आरोप लगाए।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष हिरामणी उपाध्यायले आफ्नो पार्टी नरहरिनाथ गाउँपालिकामा पहिलो पार्टि बन्न आजको कार्यक्रममा प्रवेश गर्नेहरुको लहर लागेको  दाबी समेत गरे उक्त बैठक तथा पार्टी प्रवेश कार्यक्रममा नरहरिनाथ ६ का कोसे बटाला माओवादी केन्द्रका सलाहकार सदस्य, नन्द  महत्तारा,नेपाली काँग्रेसका पुर्व गाउँकमिटी सभापति लगायत विभिन्न पार्टिहरु परित्याग गरि २ दर्जन बढी नेता कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेस गरेकाे कार्यक्रमका संञ्चालक तथा पार्टि गाउँकमिटिका सचिव प्रदिप बोहोराले जानकारी दिए।

पार्टि गाउँकमिटी नरहरिनाथका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षतामा, पार्टी जिल्ला कमिटी सचिव टेक बहादुर बुढाको प्रमुख आतिथ्यतामा, पार्टी जिल्ला कमिटी सदस्य तथा गाउँकमिटी ईन्चार्ज नरेश बिस्टको विशेष आथित्यतामा, पार्टी जिल्ला कमिटीसदस्य तथा नरहरिनाथ -३ का अध्यक्ष टक्क बिस्ट, पार्टी जिल्ला कमिटी सदस्य तथा युवा नेता लाल बहादुर बुढा, लगाएतको  सहभागिता थियो।