माओवादी विघटनको दिशामा छः नेता शाही

कार्तीक ९,कालिकोट। नेकपा एमालेका केन्द्रीय स्कुल बिभागका सदस्य तथा कर्णाली प्रदेश कमिटिका सदस्य मिनवहादुर शाहीले माओवादी विघटनको चरहरमा रहेको बताउनु भएको छ।

मंगलवार नरहरीनााथमा पालिका अधिवेशनको बिषेश भेलामा वोल्दै नेता मिनवहादुर शाहीले  नेपाली कांग्रेस पार्टी परिर्वतन र रुपान्तरण गर्न नसक्ने पार्टी भएको र माओवादी विघटनको चरहरमा रहेको हुदा अव नेपालको पहिलो पार्टी नेकपा एमाले नै हुने बताउनुभयो।

“उहाँले नेकपा एमाले जनताको पार्टी भएकाले जनताले रुचाएको र नेता भन्ने अवसर  वादीहरुले मात्र एमालेको बिरोध गरेको बताउदै एमाले फुटेको छैन । केही गलत मान्छेहरु,गलत मनसायले आफ्नो कर्तुत लुकाउनकालागि अर्को पार्टी खोलेर नेता वन्न चाहेको वताउनुभयो।”

कार्यक्रमा नेकपा एमालेका केन्द्रीय स्कुल बिभागका सदस्य तथा कर्णाली प्रदेश कमिटिका सदस्य मिनवहादुर शाहीको प्रमुख आथित्यता तथा नरहरीनाथ गाउँकमिटिका अध्यक्ष टेकबहादुर बुढाको अध्यक्षतामा,जिल्ला कमिटी सदस्य जोरासिंह शाही,चन्द्रप्रसाद उपाध्याय,टक्कबहादुर बिष्ट, नरेस बिष्ट,लोकबहहादुर दर्जि,लालबहादुर बुढा, अनेरास्ववियुका केन्द्रीय सचिबालय सदस्य सन्तोष महतारा, लगाएतको उपस्थीतमामा नरहरीनाथ गाउँपालिकाको प्रथम अधिवेशन सम्पन भएको अनेरास्ववियु कालिकोट काठमाडौ सम्पर्क मञ्चका कोषाअध्यक्ष राजकुमार शाहीले जानकारी दिनुभयो।

पालिका अधिवेशनबाट नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा  टेकबहादुर बुढा ,र सचिवमा नरेश बिष्ट,उपाध्यक्ष नन्द्र बहादुर शाही, उपसचिव हिरामणी उपाध्याय,उपसचिव जर्मा बिष्ट रहनेगरी ७५ सदस्य पालिका कमिटी गठन गरीएको छ।यस्तै कालिकोटका सबै स्थानियतहमा कार्यक्रमको उद्घाटन गरीएको छ