शुभकालिकाका जनताले बिकासको अनुभूति गरेका छन्:अध्यक्ष चौलागाईं

ललित बिष्ट भाद्र ८,कालिकोट।  शुभकालिका गाउँपालिकाका जनताले बिकासकाे अनुभूति गर्न पाउने गरि काम गरेको बताईएको छ।गाउँपालिकाको अध्यक्ष भएदेखि सवै क्षेत्रलाई समेटेर जनताको हितमा  कामगरेको हुदा जनताले बिकासकाे अनुभुती गर्न पाएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिनुभयो।

आफु शुभकालिका गाउँपालिकामा अध्यक्ष हुनु पुर्ब सडक कति बनेका थिए ,बिधायालयका भवन कति बनेका थिए , स्वास्थको अवस्थ्या के कस्तो थियो ,खानेपानी कोले कसरी खाएका थिए,बिधुतकाे अवस्था कस्तो थियो ,सन्चारको अवस्था के थियो ,त्यो अवस्थालाई परीर्वतन गरीअहिले गाउँपालिकालाई नमुना गाउँपालिका बनाएको बताउनुभयो।

“बिकास गरेको देख्न नसकेर छट्पटी भएका दुई चारवटा चम्चेहरुले आफ्नाे राजनिती गर्ने सपना बाड्दै छन, हामी पनि हेरौला पार्टी र संघठनको सपना पूरा गर्न जिन्दगिका सवै आसा तिलान्जली दिदै ,हाम्रो सवै सपना जनता र पार्टी हो,यसलाई कसैले अवसर सम्झेर फाइदा लिन खोज्छ,भने त्यसको परिमाण जनताले दिने छन्” ।उहाँले भन्नु भयो ,गाउँपालिकाको बिकासका हरेक क्षेत्रमा सुधार ल्याउदै नागरीकको सुख दुःखको नेता बनेको छु ।