
जेष्ठ २२,कालिकोट। विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। कर्णाली जेसीज कालिकोटको आयोजनामा विश्व वातवरण दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो ।
विश्व वातावरण दिवसका अबसरमा कालिकोट स्थित ताडी मन्दीर परिसरमा जेसीज कालिकोटका अध्यक्ष धर्मराज शाहि नेतित्वको टोलीले वृक्षारोपण गरेको छ।
विश्व वातावरण दिवसमा यस बर्ष पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने मुल नारा तय गरिएको थियो ।
karnalipress
२२ जेष्ठ २०७९, आईतवार २१:४०