
ललित बिष्ट जेठ ७,कालिकोट। स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । गत चैत्र २८ गते बाट स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्ला भर ८ सय ९५ जना म्यादी प्रहरी भर्ना भएका थिए । यी मध्ये १० जनाले बिचैमा म्यादी छाडेक थिए ।
शनिबार जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा प्रहरि कार्यालयको खुलामञ्चमा आयोजित म्यादी प्रहरीको विदाइ तथा प्रमाणा पत्रसहित सम्मान गरिएको हो ।
नेपाल सरकारको सेवा सर्तमा रहि ४० दिन बराबरको सेवा सुविधा उपब्ध गराउने गरी म्यादी भर्ना गरिएको थियो । सेवा सुविधा अन्तर्गत पहिलो किस्ता स्वरुप ४० दिनको रासन भत्ता बराबरको ७ हजार दुई सय, भ्रमण भत्ता एक हजार र पोसाक भत्ता वापतको ६ हजार,म्यादी प्रहरीको तलब ३० हजार २ सय ४ बैंक खाता मार्फत भुक्तानी भइ सकेको छ ।
अन्तीम किस्तामा थप गरिएको रासन भत्ता १२ हजार ६ सय ९७ रुपया बाँकी रहेको रकम अन्तिम किस्तामा बैंक खाता मार्फत भुक्तानी हुने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक बासुदेव पन्तले जानकारी दिए।
कार्यक्रममा म्यादी भर्ना समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,भर्ना समितिका सह(संयोजक प्रहरी नायव उपरीक्षक डिएसपी शिद्धराज न्यौपाने तथा चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा म्यादी प्रहरीले स्थानीय तह निर्वाचनमा प्रहरिको काम गरेको भन्दै बधाई दिदै बिधाई गरीएको बताईएको छ ।

प्रमाणापत्रसहित सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा




karnalipress
७ जेष्ठ २०७९, शनिबार २०:२१