श्रावण १४, कालिकाेट राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको कर्णाली करिडोरको फुगाढ खोलामा वनेको वेलिबृज पुल बगाएको एक वर्ष भयो । करिडोर निमार्णको जिम्मा लिएको नेपाली सेनाले १८ मिटरको वेलिबृज पुल फुगाढ खोलामा जडान गरेको थियो । एक वर्ष पछि २०७७ साल साउनमा आएको वाढीले पुल बगाएपछि त्यस यता फुगाढ खोलामा आवागमनमा समस्याहुँदै आएको छ ।
खोलामा पानीको वहाफ निकै बढेकाले आजभोली मोटरसाईकल काठमा झण्डाएर वारपार गर्ने गरिएको छ । पचाल झरना गाउँपालिकाको वडा नं ९ र रास्कोट नगरपालिका वडा नं ९ को सिमानामा पर्ने फुगाढ खोलामा वर्षातको समयमा पानीको वहाफ निकै हुने गर्छ । नेपाली सेनाले पनि सान्नीगाढ, फुगाढ खोलामा सुरु मै वेलिबृज पुल जडान गरेको थियो । उस्तै पानी परेको खण्डमा पुस माघको समयमा पनि यि खोलामा पानीको स्रोत निकै हुने गरेको छ । पुल बगाएको एक वर्ष पुग्दासम्म पनि वैकल्पीक ब्यवस्था नहुँदा यसरी नै युवाहरुको समुहले मोटरसाईकल, आउजाउ गर्ने नागरिकलाई खोलाबाटै जोखिम मोलेर वारपार गराउने गरेको छ ।
युवाहरुले एक मोटरसाईकल खोलाबाट तारे वापत एक हजार रूपियाँ लिने गरेका छन । एक जना नागरिकलाई हात समाएर वारपार गराए वापत रु दुई सय ज्याला लिने गरेका छन । दैनिक एक सय जना मानिसले आउजाउ गर्ने गरेका छन । सान्नीत्रिवेणी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेशबहादुर बम कामका लागि पलाँता जानुभयो । उहाँले आफुले आउजाउ गर्दा दुई हजार रूपियाँ तिरेको बताउनुभयो । जाँदा मोटरसाईकल तारे रु एक हजार र आउदाँ एक हजार रूपियाँ दिएको बताउनुभयो ।
फुगाढ खोलामा दशदेखि १५ जनाको युवाको समुहले रोजगारी भने पाएको छ । बाढीले वेलिवृजसँगै झुलङ्गे पुल समेत वगाएको थियो । करिडोर निमार्णको जिम्मा लिएको नेपाली सेनाका मेजर मिलन कार्कीले वजेट नभएका कारणले पुल वनाउन नसकिने वताउदै आउनु भएको छ । उहाँले यसमा पक्की पुल बनाउने पर्ने भएकाले दोहोरो खर्च नगरौ भन्ने कुरा भएर सडक विभागले एकै पटक पुल वनाउदा सजिलो हुने प्रक्रिया दिनुभयो ।
बाढीले पुरै बगर बनाएकाले कम्तीमा पनि ८० मिटर पुल वनाउनु पर्ने छ । आफूसँग १८ मिटरका लागि मात्र समान छ । बाँकी समान विदेशबाट मगाउनु पर्ने भएकाले जसरी पनि एक वर्ष अझै लाग्ने हुदो त्यहाँसम्म पक्की पुल वनिसक्ने नेपाली सेनाको अनुमान छ । तर पक्की पुल वनाउने कुनै सुरसार भने छैन । खोलामा पुल नभएर नागरिकलाई दैनिक सास्ती भइरहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडा मै पुल नहुदा नागरिकलाई सास्ती भन्दै समाजिक सञ्जाल रंगिने गरेका छन । फुगाढ खोला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाउँमै पर्दछ ।
karnalipress
१४ श्रावण २०७८, बिहीबार १८:०४