एक हप्ताकालागि जिल्ला प्रशासन कार्यालय कालीकोट बन्द

ललित बिष्ट,माघ ५,कालीकोट  । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय कालीकोटमा सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारबाट एक हप्ताका लागि कार्यालयका सबै सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले सूचना निकालेर जानकारी दिएको छ ।
जिल्लाका धेरै कार्यक्रममा सहभागी हुँदा आफूलाई स्वास्थ्यमा असहज भई टन्सिल भएपछि कोरोना परीक्षण गराउँदा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

‘उनले भन्ने आफु वद्रियावाट सरुवा भएर कालीकोट आउदा चिसो मौसमले आफुलाइ सामान्य रुगाखोकी लागेको र लगतै जिल्लाका धेरै कार्यक्रममा सहभागी हुदा आफुलाई स्वास्थ्यमा असहज भइ टन्सील सम्म भएपछि कोरोना परिक्षण गराउदा कोरोना पुष्टी भएको उनले बताए ।’ उनले यो नयाँ भेरियन्ट ओमिकोरनको लक्षण पनि घाटी भन्दा माथि हुने स्वास्थ्यका जानकारले भनेकाले कोरोना हो भनेर आफुले पहिला नै महसुस गरेर कोरोना जचाउन गएको बताए ।

साथै उनले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकलाई कोरोना पुष्टी हुन बाट बचाउन र सेवा प्रवाहा गर्दा हस्ताछेर गेर्ने सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई नै कोरोना लागे पछी सेवा प्रभाहा गर्न बन्द गरेको बताए ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौरा कुमारी घर्ति मगरले तेस्रो लहरको कोरोनावाट कालीकोटमा ८९ जना सङ्क्रमित भएको वताइन् । २ जना डिसचार्ज भइसकेको र २ जना संस्थापक आइसोलेसनमा र अरु सबै जना होम आइसोलेसनमा रहेको बताईन् ।