
कार्तिक ९,दैलेख । दैलेखमा पिङ खेल्ने क्रममा लडेर एक यूवाको मृत्यु भएको छ। नारायण नगरपालिका –६ काँडाचौरस्थित बसपार्कमा बुधवार दिउँसो पिङ खेल्ने क्रममा स्थानीय १८ वर्षिय नवराज बोगटीको पिङबाट लडेर मुत्यु भएको हो।
पिङबाट लडेर घाईते बोगटीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आधा घण्टामै मुत्यु भएको हो। जिल्ला अस्पतालमा यूवाको शव राखिएको र प्रहरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको दैलेख प्रहरीका सुचना अधिकृत प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए।



karnalipress
९ कार्तिक २०७९, बुधबार १८:५९