प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा अधिकारी र महासचिवमा सिम्खडा चयन

फागुन २०सुर्खेत । नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रकाश अधिकारी र महासचिव प्रेम सिम्खडा चयन भएका छन् । बिहीबार सम्पन्न प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिव शेरबहादुर थापा र कालीबहादुर थापा, कोषाध्यक्ष सुशील खड्का चुनिएका छन् ।

प्रदेश कमिटी सदस्यहरुमा गीता थापा, युवराज पंगाली, अक्बर खान, प्रभा रावत, अनिल चौधरी, विनोद कँडेल, तिलक रिजाल, सुरेन्द्रजंग शाही चयन भएका छन् । प्रेस चौतारीले बिहीबार कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो ।