३५ जना बालबालिकालाई झाेला वितरण

कालिकोट : नेपाली जनसम्पर्क समिति इजरायल द्वारा ३५ जना बालबालिकालाई लाई शुभकालिका गाउँपालिका वडा नं १,२ र ३ अर्थात साविक भर्ता गाविस भित्र रहेका अति विपन्न ३५ जना बालबालिकालाई एक-एक झाेला एक-एक सेट स्कुल ड्रेस कपि डटपेनबितरण गरिएको छ ।

शुभकालिका गाउँपालिका वडा नं ३ संञ्जालवाडा जन्म भइ हाल इजरायल रहनु भएका कमलचन्द्र धितालको पहलमा उक्त सामाग्रीहरू वितरण गरिएको उनका अंकल प्रेम प्रसाद धितालले बताए । जनज्योति माध्यमिक विधालयका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद जैसिकाे अध्यक्षता शुभकालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै सहयोगकाे पहल गर्ने कमलचन्द्र धितालका वुवा गंगाराम धितालले आफुले जन्माएको छाेराले विदेशमा पसिना बगाएर पनि गरिब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकाले आफू खुसि रहेको बाताए।

 साथै धितालले याे सेवा सहि तारिकाले प्रयोग गरेमा फेरिका दिनमा कमलचन्द्र धितालले यस्तै अरू सहयोगका कार्यक्रमहरू समाजमा ल्याउने बताए । कार्यक्रम बाेल्दै शुभकालिका गाउँपालिका ३ का वडा अध्यक्ष प्रकाश शाहीले सहयोग गर्ने नेपाली जनसम्पर्क समिति इजरायललाई धन्यवाद दिदै यस्ता कार्यक्रम समाजमा अति आवश्यक रहेकाले सहयोगी निकाएलाइ सहयोग गर्न आग्रह गर्दै आगामी दिनमा सहयोग गर्ने निकाय तथा सामाजिक अभियान्तालाई सहयोग गर्न आफू तयार रहेको बताए।

साथै वडा अध्यक्ष शाहीले सामाजिक सेवाको लागि सबै सराेकारवाला एक रूपताका साथ लागि पर्नु पर्ने बताउनु भयाे ।कार्यक्रममा आफ्नो भनाई राख्दै जनज्योति माध्यमिक बिध्धालयका व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रसाद जैसिले आफू अध्यक्ष भएको पहिलो कार्यक्रममानै पहिला विपन्न बालबालिकालाई सहयोग गर्ने कार्यक्रम भएकोमा आफू खुसि भएको बताउनु भयो ,अध्यक्ष जैसिले यस्ता कार्यक्रमहरू नेपाल जस्ता देशमा अति आवश्यक भएकोले कार्यक्रम लाई निरन्तरता दिनु पर्ने बताए

अध्यक्ष जैसिले भन्ने इजरायलमा बसेर भर्ताका विपन्न बालबालिका लाई सहयोग गर्नुकाे कारण पनि कमलचन्द्र धिताल भर्तामै बसेर अध्यान गरेकारण र भर्ता प्रतिकाे माया भएको बताए ।

कार्यक्रम नेपाली काँग्रेसका नेता भक्त बहादुर शाही जनज्योति माध्यामिक विधालयका प्रधानाध्यापक तुलाराम धिताल,नेकपा एमाले वडा नं २ का अध्यक्ष नविन प्रसाद तिमिल्सिना , नेपाल पत्रकार महासंघ कालिकोट सचिव खडानन्द अधिकारी वडा नं ३ का वडा सदस्य कलरे तिरूवा लगाएतका सराेकारवालाकाे सहभागीता रहेको थियाे भने कार्यक्रमकाे सञ्चालन विधालयमा शिक्षक कर्णाखर चाैलागाईले गरेेका थिए।