
रुकुम योगि भाद्र १४,कालिकोट। जिल्लाको सान्नी त्रिवेणि गाउँपालिकामा अन्तरास्ट्रिय बेपत्ता दिवस मनाईएको छ। नेपाल रेडक्रस सोसाईटि सान्नी त्रिवेणि उप-शाखाको आयोजनामा दिवस मनाईएको छ ।
सान्नि त्रिवेणि उप-शाखाका सदस्य पहलमान बमको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसि विशिष्ट अतिथि उपाध्यक्ष पार्वति शिह संज्याल अतिथिमा वडानं-५ का वडा अध्यक्ष रामराज बम-४ का अध्यक्ष दमन नाथ योगि रेडक्रसका प्रतिनिधि लगायतको उपस्थितिमा दिवस मनाईएको हो ।
२०५२ साल देखि २०६३ साल सम्मको जनयूद्दमा र अन्य विभिन्न घटनामा बेपत्ता भएका व्यक्तिहरुको सम्झनामा आज बेपत्ता विरुद्दको दिवस मनाईएको हो । घरको नेतृत्व गर्ने मान्छे नै वेपत्ता भएपछि राज्यवाट पाउनु पर्ने हरेक सेवा सुबिधावाट बञ्चित हुँदै आएको बेपत्ता परिवारका कुशल नाथ योगिले बताए। रेडक्रसले वेला वेला आफुहरुलाई सम्झिने गरेको र विभिन्न तालिमहरु दिदै आएको प्रति खुसि ब्यक्त गरेगरे
कार्यक्रममा बोल्दै उपाध्यक्ष पार्वति शिंह संज्यालले बेपत्ता सहिद परिवारलाई पलिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताईन्। सान्नि त्रिवेणि गाउँपालिकाले सहिद बेपत्ताको लागि आयआर्जन र सिपमुलक तालिमका लागि १० लाख रकम विनियोजन गरेको बताईन्।
बेपत्ता छानविन आयोगले पनि अहिले सम्म प्रतिबेदन ल्याउन नसकेको प्रति गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले दुख ब्यक्त गरे। गाउँ गाउँमा जनताको अधिकार ल्याउनका लागि केन्द्रको अधिकार गाउँ सम्म पुगाउनका लागि योगदान गरेकालाई सान्नी त्रिवेणि गाउँपालिकाले सम्झिरहने बताए । उनले सहिद बेपत्ता परिवारको हक हितका लागि सान्नी त्रिवेणि गाउँपालिका सधै साथमा रहने बताए । जस्ले यो ब्यबस्था ल्याय उनिहरुको सम्मान र उनिहरुको परिवारलाई उचित सहयोग पनि गर्ने उनको भनाई छ ।
कार्यक्रमको समापन गर्दै उपशाखा सदस्य पहलमान बमले बेपत्ता परिवरको खोजिमा रेडक्रस मात्र नसक्ने भन्दै सबै मिलेर खोजि गर्नु पर्ने बताए । उनले बेपत्ता भएका परिवारका लागि केही सहयोग गर्न रेडक्रसले काम गरिरहेको र स्थानिय तहले पनि बजेटको सहयोग गर्नु पर्ने बताए ।
कालिकोट जिल्लामा मात्र १८ जना बेपत्ता छन भने सान्नी त्रिवेणि गाउँपालिकामा ४ जना बेपत्ता रहेका छन । कार्यक्रमको संचालन रेडक्रस उपशाखा सान्नी त्रिवेणिका सदस्य कलम बमले गर्नु भएको थियो ।



karnalipress
१४ भाद्र २०७९, मंगलवार १२:०९