खाँडाचक्रमा पाण्डेको उम्मेदवारी दर्ता

बैशाख ११,कालिकोट । नेकपा एमाले कालिकोटका अध्यक्ष जसिप्रसाद पाण्डेले खाँडाचक्र नगरपालिको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भए सँगै आईतबार पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट २२,६६ मत ल्याएर नगरप्रमुखमा निवार्चत भएका पाण्डेले जनताको हितमा राम्रो काम गरेकाले एमालेबाट पून नगर प्रमुखमा जसिप्रसाद पाण्डे र  उप्र-प्रमुख मिना शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

२०७४ सालको चुनावमा  नेकपा एमालेबाट नगरप्रमुखमा निवार्चत भएका पाण्डेले नगरपालिकाको  बिकाशमा शिक्षा,स्वास्थ्य,खानेपानि,सडकलाई प्रथमिक्ता दिएर जन्ताले भने जस्तो बिकास गरेको र पार्टी र जन्ताले फेरी नगरप्रमुखको लागि माग गरेकाले आफुले उम्मेदवारी दर्ता गरेको बताए।