थाइल्याण्डको सडकमै बाँदरको ‘ग्याङ फा’इट’, घण्टौँ ट्राफिक जाम

श्रावण १३,एजेन्सी : थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडा’इँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झु’ण्ड सडकमा एक आपसमा ल’डिरहेको देख्न सकिन्छ । यस बीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

यस ‘ग्याङ फा’इट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु ड’राएर गाडी भित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बु’द्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ । भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो ।

उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भि’डिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।