बन्दको प्रभाव कालिकोटमा धेरै

फाल्गुन १६,कालिकोट। बन्दको प्रभाव कालिकोटमा धेरै परेको छ । एमसीसी अनुमोदनको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका दलले गरेको नेपाल बन्दले कर्णाली राजमार्ग,कर्णाली करोड,वित्तीय संस्था र विद्यालयमा धेरै प्रभाव परेको हो।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प थिए,भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दकर्ताहरू बिहानैदेखि कर्णाली करिडोर र स्थानिय बजारमा उत्रिएका छन् । शिक्षण संस्था पनि बन्द छन् ।

मान्मको मुख्य बजारमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बन्दले बैंक,सरकारी कार्यालय,गाउँ तथा नगरपालिकाका कार्यालय समेत बन्द थिए।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी,ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले नेपाल बन्द आह्वान गरेका हुन् ।

बन्दले सर्वसाधारण नागरिक बन्दको धेरै र्मकामा परेका हुन बेलुका ४ बजेबाट बन्द पुर्ण रुपमा खुलेको प्रहरीले जनाएको छ। आजको नेपाल बन्द पुर्णरुपमा सफल भएको विप्लव नेतृत्वको नेकपा,कालिकोटले जनाएको छ।