चन्द्र भट्टराई, सुर्खेत / कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा १८ बर्ष मुनिका बालबालिकाहरुका लागि अपाङ्गता पहिचान सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।प्लान ईन्टरनेसनल काे आर्थिक सहयाेग सादा नेपालकाे सहजिकरण र नरहरिनाथ गाउँपालिकाकाे आयाेजनामा शिविर कार्तिक ३० गते देखि शुरु भई मंसिर १ गतेसम्म संचालन भएको हो । पहिलो चरणमा याेगि नरहरिनाथ आधारभुत अस्पतालमा र मँसिर १ गते स्वास्थ्य चाैकि लालुमा संन्चालन भएकाे हाे ।
कार्तिक ३० गते कुमालगाउँमा संचालन भएकाे शिविरमा नरहरिनाथ गाउँपालिका वडा न १,२,३,४,५,६ का १६५जना सेवाग्राहीहरुले सेवा लिएका थिए भने १३ जना बालबालिकाहरुलाई अपाङ्गता पहिचान गरेकाे थियाे । दोस्रो चरणमा मंसिर १ गते स्वास्थ्य चाैकि लालुमा वडा न: ६,८,९ का ४८ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा १२ जनालाई अपाङ्गता पहिचान गरिएको छ। शिविरमा डा.शुभनारायण ठाकुर, डा . सिवनाथ यादब,डा. जितेन्द्र महताे ले सेवा दिनुभएको थियाे।
शिविरले १८ बर्ष भन्दा मुनिका वालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरि उनिहरुकाे अपाङ्गता पहिचान गरि परिचयपत्र वितरण गर्ने, र उनिहरुकाे उपचारमा सहयाेग गर्ने उदेश्यका साथ उक्त शिविरकाे आयाेजना गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताएका छन।अध्यक्ष बिष्टले शिविरले अपाङ्गता भएका बालबालिकाहरुकाे पहिचान गरि बालवालिकाहरुकाे दिगो जीवन निर्वाहका गर्न परिचय कार्ड बितरणकालागि पालिका सरकारले पहल गर्ने समेत बताएका छन।उक्त शिविरमा सादा नेपालका फिल्ड अफिसर गोविन्द नेपालीले अपांगता पहिचान भएका बालबालिकाहरुकाे अबस्था अनुसारकाे सहयाेग गर्ने बताएका छन।
karnalipress
१ मंसिर २०८१, शनिबार १७:११