असार ४,कालिकोट । कोरोनालगायतका सरुवा रोग नियन्त्रण र उपचारका लागि प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मंसिर ६ गते अस्पताल उद्घाटन गरे । प्रदेश स्तरीय सरुवा रोग अस्पताल उद्घाटन सँगै स्वीकृत दरबन्दी अनुसार कर्मचारी नहुँदा सरुवा रोग अस्पतालमा ४ महिना ताला लाग्यो ।
फागुन १८ गते प्रदेश सरकारको सहयोगमा १९ जनाको दरवन्दी खोलायर पदपुर्ती गरियो । दुईजना प्रदेश सरकारले पठाउने भनेको बिशेसज्ञ डक्टर र मेडिकल अधिकृत भने सरकारले नपठाउदा पद रिक्त नै रहेको सुचना अधिकारि कटक महतले बताए ।
उनले भर्ने ‘प्रदेश सरकारले दुई डाक्टर पठाएन अरुको हामिले बिज्ञापन गरेर पदपुति गरियो त्यसमा एक जना अस्टेलिया गऐको र अरु १८ जना कर्मचारि कार्यरत रहेको बताए।
नियमित डिउटि गरिरहेको उक्त हस्पतालमा अहिले सम्म कुनै सरुवारोगका बिरामि आएका छैनन् तर अस्पलातले भने कालाजारका बिरामि आईरकेको बताएको छ । अस्पतालमा रहेका १८ जना कर्मचारिको दरवन्दी असार मसान्त सम्ममात्र छ । उनिहरुले पनि अहिले जिल्ला अस्पतालमा डिउटि गरिरहेका छन् ।
अस्पताल ब्यवास्थापनमा कमजोर हुदा सरुवा रोग अस्पतालमा बिरामि नआएको स्थानियको भनई छ। सरुवा रोग अस्पतालमा कर्णालीका कालिकोट,जुम्ला,मुगु, दैलेखलगाएत क्षेत्रका बिरामि उपचारको लागि आउन सक्ने भए पनि अहिले सम्म बिरामि नआएको कर्मचारिले बताउने गरेका छन् ।
व्यवास्थापक डाक्टर रत्नबिर सुनारले यता हुने सबै सेवाहरु अस्पतालबाट प्रभाहा गरिरहेको बताए उनले भने ‘प्रदेश सरकारले डाक्टर नपठाउदा बिरामि नआएको बताएका छन्। अहिले अस्पतालमा अरु कर्मचारि हुदा पनि बिरामि आएका छैनन् ।
फागुन १८ बाट संञ्चालन आएको अस्पतालमा हाल सम्म ३४ जना बिरामिले सेवा लगेको बताईएको छ अस्पतालमा भेन्टीलेटर पनि प्रयोग बिहिन अवस्थामा छन् । अस्पताल प्रशासनले सरुवारोग अस्पताल संन्चालनको लागि ध्यान नदिदा यस्तो भएको स्थानियको भनाई छ ।
karnalipress
४ असार २०७९, शनिबार १९:१९