
ललित बिष्ट साउन १०,कालिकोट । ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पञ्चदेवलहरुको संरक्षण नहुँदा जिर्ण बन्दै गएका छन्। कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म,सान्नीत्रिवेणी गाउँपालिकाको मेहलमुडी,शुभकालिका गाउँपालिकाको सुकाटियामा रहेका ऐतिहासिक सम्पदा संरक्षणको अभावले जीर्ण बन्दै गएका हुन् ।
कालिकोटमा रहेका पञ्चदेवलहरु परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला एकै रातमा निर्माण गरिएको विश्वाश छ । अहिले पञ्चदेवलको संरक्षण र प्रचारप्रसार नहुँदा यसको महत्व कम भएको छ ।
पञ्चदेवल विशेष इतिहास बोकेको थलो भएकाले पनि पर्यटन प्रवद्र्धन र ऐतिहासिक दस्तावेजका रुपमा रहेको सम्पदा संरक्षण गर्न कुनै पनि निकायबाट प्रयास नभएको खाँडाचक्र नगरपालिकाकाकी चरना शाहीले बताईन्। ‘ऐतिहासिक धरोहर बोकेका पञ्चदेवलहरु संरक्षणको अभावमा ओझेलमा परेका छन्,’ उनले भनिने,‘यी स्थानहरुको उचित संरक्षण र इतिहासको खोजी गरिनुपर्छ ।’
सान्नीत्रिवेणी गाउँपालिका—६ मेहलमुडीमा रहेको पञ्चदेवल पाँचवटा देवल पूरै कलात्मक र आकर्षक भए पनि स्थानिय सरकारले संरक्षणमा ध्यान नदिदा माटो र झारपातले पुरिने अवस्थामा रहेको स्थानिय अरुण केसिले बताए ।‘मेहलमुडीमा रहेका देवलहरु पुरिन थालेका छन्,’उनले भने,‘संरक्षणको अभाव छ कुनै पनि सरोकारवाला निकायले ध्यान नदिदा लोपहुने अवस्थामा छन् पञ्चदेवल वरिपरि घेरबार छैन् कालिकोटमा रहेका पञ्चदेवलहरु संरक्षणको आवश्यकता रहेको छ ।’
शुभकालिका गाउँपालिकाको सुकाटियामा मा रहेको पञ्चदेवलको अवस्था पनि उस्तै छ ‘निमार्ण भए देखि मर्मत गरिएको छैनन् भएका देवलहरु पनि भत्किदै गएका छन् स्थानिय कमल भट्टराले गुनासो गरे ।
कालिकोट जिल्लामा प्राकृतिक सम्पदा प्रचुर मात्रामा भए पनि उचित संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएका छन् । जिल्लामा नेपालको अग्लो पचाल झरना,पाण्डव गुफा,तिला गुफा,पञ्देवल,चुलिमालिका तथा पुग मन्दिर, त्रिवेणी पाटनलगायत क्षेत्र चर्चित रहेका छन् । यी सम्पदाका लागि बर्सेनि लाखौँ रकम छुटाउने गरिएको भए पनि उचित संरक्षणको अभाव कायमै रहेको छ ।




karnalipress
१० श्रावण २०७९, मंगलवार १०:३७