शिक्षित परिवारवाटै हुन्छन बालबिवाह

कालीकोट, चैत १७ गते । कालीकोट जिल्लामा बालविवाह बिरुद्धको अभियान चलेको एक दश भन्दा वढि भएको छ । सानै उमेर हुने बिवाहले सामाजिक आर्थिक र पारिवारिक बिवाद उत्पन्न हुने भएकाले बालविवाहलाई रोक्ने प्रयास जारी रहेपनि जिल्लामा शिक्षित परिवारबाटै अभियान बिरोधी काम भईरहेको पाईएको छ ।

किर्डाक नेपालले दाताको सहयोगमा तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, शान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका केन्द्रीत बालबिवाह रोक्ने अभियान चलेको एक दशक पुग्दैछ । ६१ प्रतिसत बालविवाहलाई कम गदै ३० प्रतिसतमा त झारेपनि पुर्णरुपमा अन्ते गर्न कठिन भएको अभियान्ताहरुले बताउन थालेका छन ।

बिगत चार वर्ष देखि तिलागुफा नगरपालिकामा बालविवाह बिरुद्धको अभियानमा जुट्नु भएकी सरिता खत्रीले शिक्षित परिवारको घमण्ड र स्थानीय सरकारको फितलो ब्यवहारले गाउँमा बालविवाह बढिरहेको बताउनुभयो । उहाँले आफैले केही पात्रलाई प्रहरी सम्म पुगाउदा पनि स्थानीय सरकार मौन हुदा बालबिवाहको दर बढिरहेको गुनासो गर्नुभयो । तिलागुफा ४ का परवहादुर शाहीले नामै किटेर शिक्षक सर्पराज शाही, चक्रवहादुर शाहीका छोराले बालबिवाह गर्दा स्थानीय सरकार पनि मौन भएको र उनिहरुको घरमा भोज खान गएको बताउनुभयो ।
उहाँले शिक्षक दोय संगै लोकवहादुर शाही, छत्रवहादुर शाहीका छोराले पनि बालबिवाह गरेको जानकारी हुदा पनि वडा अध्यक्ष लगाएतका सबै मौनहुनमा कानुन गरिब, अशिक्षित नागरिकका लागि मात्र भएको गुनासो गर्नुभयो । यस बिषयमा वडा नं ४ का अध्यक्ष खड्गराज शाहीले उजुरी दिने निकाय नभएकाले पनि नागरिकको आरोप सत्यसंग नजिक भएको स्वीकार गर्नुभयो ।

आफुले जानकारी पाए सम्म शिक्षक सर्पराज शाहीको छोराले बालविवाह गर्दा दुई पटक सम्म प्रहरी चौकीमा छलफल गर्न पुगेको भन्दै कानुन सिकाउनेहरु नै बालविवाह जस्ता अपराधमा पटक पटक सहभागी हुदा आफुले केही अरु कार्वाही प्रक्रियामा लाग्न नसकेको बताउनुभयो । सबैको सहयोगमा मात्र बालविवाह अन्ते हुने भन्दै एक गैरसरकारी सस्थाले सबै गर्छ भनेर स्थानीय सरकार र सुरक्षा निकाय भर परेकाले पछिल्लो समय बालविवाह वढेको कुरा सत्य भएको भन्दै सबै एक भएर कठोर कदम चाल्नु पर्ने प्रतिक्रिया दिनुभयो ।

बालमैत्रि स्थानीय शासन लागु भएको वडा भित्रै बालविवाह वढिरहेका बेला सबै सचेत नभएमा राष्ट्यि रुपमै वदनाम हुने स्थानीय सरकारको बुझाई छ । जिल्लामा बालविवाहको दर घटिरहेको भएपनि शिक्षित परिवारवाट त्यसलाई चुनौती दिने काम भईरहेको प्रति अभियान्ताहरु चिन्तीत छन । अभियान्ता सरिता खत्रीले आफु जति असुरक्षित भएपनि अब देखि यसरी सहेर नवस्ने भन्दै उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्ने बताउनुभयो ।

उहाँले शनिवार वडामा आयोजित अन्तरक्रिया कार्यक्रममा हाल सम्म आफुले अभियान्ता भएर काम गर्दा भोगेको पिडालाई सबैका अगाडी राख्दै स्थानीय सरकार, शिक्षित वर्ग र अबिभावकहरुले साथ नदिदा बालविवाह बिरुद्धको अभियान प्रभावकारी हुन नसकेको गुनासो गदै अब आफु कसैको भरमा नपर्ने र उजुरी लिएर प्रहरीमा पुग्ने ठोकुवा गर्नुभयो । यहाँ रहेको प्रहरी चौकीले पनि मेलमिलाप गराउने हुदा पनि बालविवाह नरोकिएको अभियान्ता खत्रीको बुझाई छ ।