प्रारम्भिक कक्षा पढाई सम्बन्धि सहयोग तालिम सम्पन

फाल्गुन,१२ कालीकोट। प्रारम्भिक कक्षा पढाई सम्बन्धि कक्षा कोठा सहयोग तालिम सम्पन्न भएको छ । किर्डाक नेपालको कर्णाली शिक्षा परियोजना अन्तरगर्त प्लानइन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नरहरीनाथ गाउँपालिकाको समन्वय र किर्डाक नेपालको साझेदारीमा गाफुन ८ गतेबाट सुरुगरीएको उक्त कार्यक्रम विहिवार सम्पन्न भएको हो ।

तालिममा छापामय कक्षा,भाषिक बिकास,रमाईलो पढाई,तनाव ब्यवस्थापन,निरन्तर पढाई,सरसफई ब्यवास्थापन,वालवालिकाको सिकाई नियमित बनाउने लगाएतका बिभित बिषयमा सिकाई प्रप्त गरेको तालिममा सहभागि नरहरीनाथका जमुना बोगटीले बताउनुभयो। कार्यक्रममा सहभागीले नयाँ कुरा सिकेको र यस्तै सीप फेरि पनि पाएको भए बालबालिकालाई पढाउन राम्रो हुने बताएका थिए ।

प्रशिक्षक गोबिन्द्र कठायतले कार्यक्रममा सुरुमा एक खालको उद्श्य ल्याएर आउनु भएका तालिममा सहभागीलाई बिभिन्न सिकाईका माध्यमबाट ज्ञान दिएको र आफ्नो सिकाई बालबालिकाहरुमा पनि सिकाउन सुझव दिनुभयो । यहाँ हरुको टोलमा पनि स-सान बालबालिकाहरुलाई एउटा कलम र पुस्तकले बालबालिकाको भबिस्य तयार गनुहुने छ,आशा छ।

समापन कार्यक्रममा बोल्दै किर्डाक नेपालका जिल्ला संयोजक तुलारम पाण्डेले सहभागीहरुले धेरै राम्रो तालिम पाएका तर कक्षा कोठामा प्रयोग नगर्ने गरेको हुदा यस्तो नहुने र सिकेकोकुरा विद्यालयमा गएर बालबालिकाहरुमा प्रयोग गन सुझाव दिनुभयो । सिकाईमा नरहरीनाथ गाउँपालिकाका १४ बिद्यालयका बालबिकासका शिक्षिका सहभागि थिए । समापन कार्यक्रममा किर्डाका नेपालका निर्मला थापा,लेखापला धर्मराज शाही लगाएतको सहभागिता रहेको थियो ।