कोभिड–१९ सम्बन्धी जनचेतनामुलक ¥याली सम्पन्न

ललित बष्टि श्रावण २२,मान्म।  कालिकोट जिल्लामा कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामुलक ¥याली शुक्रवार सम्पन्न भएको छ।

पुरानो बसपार्क देखि जिरोपोईन्ट हुदै प्रतिमा चोक सम्म कोभिड–१९ सम्बन्धी जनचेतना मुलक ¥याली,माईकिङ् गरी माक्स वितरण गदै तपाईको मास्क खै? जस्ता जनचेतनामुलक नारा लगाई नागरीकलाई सचेत पारीएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्या ,निमित कार्यालय प्रमुख प्रहरी निरिक्षक महेश बिक्रम शाही, सशस्त्र प्रहीका डिएसपि रामबाबुपालि बोगटी, नेपालि सेनाका गुल्मपति निरजप्रताव राणा,प्रहरी निरिक्षक भुपेन्द्र शाही, उद्योग बाणीज्यसंघ कालिकोटका अध्यक्ष रत्न बहादुर शाही,रेटक्रस कालिकोटका सभापती बलप्रसाद संज्याल,जिल्ला अस्पताल कालिकोटका स्वास्थ्य ब्यावस्थापक कटक महत,ब्यापारी,पत्रकार लगाएतको संयुक्त उपस्थितमा जनचेतना मुलक कार्यक्रम गरीएको थियो।

जिल्लामा जनस्तरबाट स्वास्थ्य मापदण्डको पालना प्रभावकारी रुपमा नभएको गुनासो बढेपछि नागरीकमा सचेतना फैलाउन मास्कको अनिवारे प्रयोग गर्न लगाउन ¥याली,माईकिङ्,पर्चा पम्पलेट टाँसी माक्स वितर गरीएको जिल्ला प्रहरी कार्यालय कालिकोटकोका प्रहरी निरिक्षक तथा सुचना अधिकारी भुपेन्द्र शाहीले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लामा मदिरा नियन्त्रण,छाउपडी प्रथा निउनिकरण आत्महत्या जस्ता कुप्रथाको न्युनीकरण गदै आएको र प्रहरी कार्यालयमा सेवालिन आउने सेवाग्रहीहरुलाई मुस्कान सहितको सेव दिदै, प्रहरी मेरो साथि, जस्ता कार्यक्रमलाई निरन्तरता दिरहेको निरिक्षक शाहीले बताउनु भयो।