
१७ पुस,कालीकोट। । कालिकोटको खाँडाचक्र नगरपालिका वडानं.३ ताडिको जनजिवन माध्यमिक विद्यालयलाई तीनतारे विद्यालय धोषणा गरीएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण कुमार शाहीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डे,निमित्त प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चौलागाईं,उप-प्रमुख विजया बिष्ट,नगर प्रवक्ता पुष्पराज गिरी,यूनिसेफ नेपालका गणेश रावल,शिक्षक, विद्यार्थी,लगाएतको सहभागीतामा तीनतारे विद्यालय धोषणा गरिएको हो ।
यूनिसेफ नेपाल कालिकोटका कार्यक्रम संयोजक गणेश रावलले खानेपानी स्वच्छता सम्बन्धि १० सुचकपुरा गरेको हुदा यस विद्यालयलाई तीन तारे विद्यालय धोषणा गरीएको बताए ।
नगर उप-प्रमुख विजया बिष्टले विद्यालयको बाताबरण राम्रो र स्वच्छ राख्न विद्यालयको भुमिका रहेको र शिक्षकहरुले विद्यार्थीहरुको भविष्यको बारेमा चासो दिदै विद्यार्थीहलाई राम्रो शिक्षा दिन र अभिभावकले सहयोग गर्नु पर्ने बताईन।
यस्तै आजै सालडाडाँ आधारभूत विद्यालयलाई पनि तीनतारे विद्यालय धोषणा गरिएको छ। यूनिसेफ नेपालकाे कार्यक्रम लागू भएको जिल्लाको खाँडाचक्र नगरपालिका भित्रका ११ वटै वडाका सवै सुचकहरु पूरा भएका विद्यालयलाई बिस्तारै तीन तारे विद्यालय धोषण गर्ने यूनिसेफ नेपालका भरत पाण्डे बताए ।
यस्तै यो कार्यक्रम रास्कोट नगरपालिकामा पनि लागु भएका छ ।



karnalipress
१७ पुष २०७८, शनिबार १९:३०