नेकपा एमालेको वडा भेला सम्पन्न

कालिकोट खाँडाचक्र नगरपालिका वडा न.५ र ६ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ। नगिन्द्र शाही(नेशनल)को प्रमुख आथित्यतामा वडा भेला सम्पन्न भयको हाे।

उक्त कार्यक्रमा वडा न.५ का वडा अध्यक्ष तथा नेकपा एमाले वडा कमिटी अध्यक्ष खडानन्द चौलागाईंको अध्यक्षता,नेकपा एमाले जिल्ला सचीव तथा खाँडाचक्र नगरकमिटी अध्यक्ष तुलराज मल्ल,नेकपा प्रदेश कमिटी सदस्य मिना शाही ,जिल्ला कमिटी सचिवालय सदस्य दुर्ग ब. शाही,जिल्ला कमिटि सदस्य जनक शाही,अनेरास्ववियु जिल्ला कमिटी सह-संयोजक मिनराज न्यौपाने लगाएतको सहभागिता रहको थियो ।

कार्यक्रममा बाेल्दै नगिन्द्र शाही(नेशनल)ले हामी जनताको एजेन्डालाई आत्मसाथ गर्दै अगाडि बड्ने एमालेमा छौँ ।केहि स्वार्थले भरिएका अवसरवादी हरुले भम्र मा पार्न खोजेकाे हुदा त्यसको पछि नलाग्न अनुरोध गरेको  अनेरास्ववियु जिल्ला कमिटी सह-संयोजक मिनराज न्यौपानेले जानकारी दिनुभयो ।