
भाद्र,२४ जुम्ला : जुम्लामा ९ वर्षीया बालिका तिला नदीमा डुबेर बेपत्ता भएकी छन् । जुम्लाको गुठीचौर गाँउपालिका वडानं.३ गज्याङकोटक सुस्मिता बुढा तिला नदीमा डुबेर बेपत्ता भएकी हुन् ।
गुठीठिचौर गाउँपालिकाको वडा २ को चुच्चे बगर भन्ने ठाउँमा काठको लाप्को तर्दै गर्दा बालिका बेपत्ता भएकी बालिकाकी दिदि टीका बुढाले बताइन् । उनका अनुसार जंगलमा काठे ओखर टिप्न भनेर मंगलबार दिदि टिका बुढा लगायत ४ जना गएका थिए ।
चुच्चे बगर भन्ने ठाउबाट तिला नदिले बगाएको खवर प्राप्त भएको गुठीचौर झारजुवाला प्रहरी चौकीका प्रहरी साहयक निरिक्षक कमल श्रेष्ठले बताए । उनका अनुसरर गज्या्ङ्कोट, मणिसागु प्रहरी चौकी र अस्थायी प्रहरी पोस्ट गोठिचौर र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेको छ ।
ओखर टिपेर घर फर्किदै गर्दा चुच्चेबगर खोला भन्ने ठाउमा काठको लाप्को तर्दै गर्दा चिप्लीएर बगेको भन्ने खवर प्रप्त भएको थियो । घटना भएको खवर पाउन बितिकै प्रहरीले खोजतलास गरेपनि बालिका भेटिएकी छैनन । खोजी कार्य अझै जारी छ । खोलाले बगाएको थाहा पाउन बितिकै तत्काल आफू गएको तर नभेटिएको आफन्तले बताएका छन् ।by-mahilajagaran
karnalipress
२४ भाद्र २०७८, बिहीबार १०:५०