
श्रावण ३१, कालिकोट : रास्कोट नगरपालिका – १ की १८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित कालिकोटमा कोरोनाबाट मृत्य हुनेको संख्या ६ पुगेको छ । घरमै सुत्केरी भएकी उनलाई ९ दिनसम्म उच्च रक्तस्राव भएपछि आफन्तले साउन २७ गते १० बजे जिल्ला अस्पताल मान्म ल्याएका थिए ।
उपचार गर्दा गर्दै १२ बजेर ४० मिनेटका उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाव परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।३० गते स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्यअधिकृत कटक महतले जानकारी दिनुभयो ।
जिल्ला कोभिट अस्पतालमा हिजो सम्म २९ जना रहेको र होम आइसोलेशन सेन्टरमा गरी जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले जनाएको छ ।
karnalipress
३१ श्रावण २०७८, आईतवार १६:५३