
मंसिर २४ सुर्खेत / नेकपा माओबादि केन्द्र कर्णाली प्रदेश समितिले आयोजना गरेको प्रदेश सम्मेलनको पुर्ण तयारि भएको पार्टिका सह इन्चार्ज टेक बहादुर बस्नेतले बताउनु भयो ।
शुक्रबार बिहान अप्रेसन खबरको भेटमा नेकपा माओबादि केन्द्र कर्णाली प्रदेशका सह इन्चार्ज टेक बहादुर बस्नेतले बताउनु भएको हो । कुराकानिको क्रममा पुर्व मन्त्रि बस्नेतले सेल कमिटि, टोल समिति, वडा सम्मेलन, पालिका सम्मेलन हुदै जिल्ला जिल्ला बाट प्रतिनिधिहरु छनोट भएर प्रदेश सम्मेलनमा आउने बताउनु भयो ।
आउने पौस ११, १२, १३ गते माओ जयन्तिलाई केन्द्र बिन्दु बनाएर राष्ट्रिय सम्मेलन हुने जानकारि दिनु भयो । शनिवार प्रदेश राजधानि सुर्खेतमा उद्धघाटन हुने प्रदेश सम्मेलनमा ७९ वटा पालिका बाट र १० वटा जिल्लाबाट ९ सय २३ जना प्रतिनिधि र बिभागबाट करिव २० जना गरि ९ सय ४३ जना प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
सम्मेलनले नेतृत्व चयनको क्रममा सवै पदमा सर्वसम्वत चयन गर्ने बताउनु भयो । पुर्व सामान्य तथा प्रशाषन मन्त्रि टेकबहादुर बस्नेतको पनि प्रदेश अध्यक्षमा दावि रहने आकांक्षा ब्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो पार्टिका इन्चार्ज आउने बित्तिकै सवै पदाधिकारिहरुको बैठकले महत्वपुर्ण निर्णय गर्दै प्रदेश सम्मेलनबाट एकताको शन्देस दिने बताउनु भयो ।
कर्णालि प्रदेशका १० वटै जिल्लाका पार्टि नेता कार्यक्रताहरुको उपश्थिति प्रदेश राजधानि सुर्खेतमा भइसकेको जानकारि दिनु भयो ।



karnalipress
२४ मंसिर २०७८, शुक्रबार २१:०२