
कार्तिक ४, कालिकोट । मंगलबार कर्णाली नदीमा आएको बाढीले बगाएको फेरि अछाममा भेटिएको छ । कर्णाली करिडोरतर्फ वारपार गर्न खाँडाचक्र नगरपालिका–२ जितेगडास्थित सञ्चालनमा ल्याइएको फेरि अछामको पञ्चदेवल विनायक नगरपालिकाको नदी किनारामा भेटिएको हो ।
बाढीले बगाउँदै ल्याएको फेरिलाई पञ्चदेवल विनायक नगरपालिका–४ कुजेडाका स्थानीयले किनारामा तानेर रुखमा बाँधेर राखेका छन् । कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको फेरि नेपाली सेनाले सञ्चालन गरिरहेको थियो ।
कर्णाली नदीमा गाडी वारपार गर्न राखिएको फेरि नदीको बहाव बढ्दा लडा चुडिएर बगाएको हो । फेरि बगाएपछि जितेगडाबाट कर्णाली पारी जाने कालिकोट, बाजुरा, हुम्ला लगायतका क्षेत्रमा पुग्ने सवारीलाइ समस्या भएको छ ।



karnalipress
४ कार्तिक २०७८, बिहीबार १४:२५