महिला शिक्षक समाजको गठन, अध्यक्षमा शाही

१४ मंसिर,कालीकोट । जिल्लामा महिला शिक्षक समाजको गठन गरिएको छ । जिल्लाका बिभिन्न बिद्यालयमा कार्यरत महिला शिक्षकहरुको भेलामा महिला शिक्षकको हक र अधिकारको क्षेत्रमा वकालत गर्नका लागि समाजको गठन गरिएको छ ।

भेलाले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ मा रहेको जनजिवन माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक विना शाहीको अध्यक्षतामा ११ सदस्यीय महिला शिक्षक समाजको गठन गरेको हो ।

पहिलो पटक भएकाले सर्वसम्वत रुपमा आफ्नो नेतृत्वमा जिल्ला कार्यसमितिको गठन गरिएको अध्यक्ष बिना शाहीले जानकारी दिनुभयो । उहाँले उपाध्याक्षमा शिक्षक कल्पना सेजुवाल, अप्सरा शाही, महासचिवमा सरिता भारती, सचिवमा सुस्मा शाही, सहसचिवमा भावना शाही, कोषध्यक्षमा चन्दा शाही लगाएत ११ सदस्य रहेका छन ।

जिल्लामा महिला शिक्षक कर्मचारीका सवालमा कुनै पनि शिक्षकका संघ संगठनले नवोलेपछि आफै जागरुक भएर आफ्नो अधिकारका लागि आवाज उठाउन महिला शिक्षक समाजको गठन गरिएको अध्यक्षको भनाई छ ।

अव बिद्यालयको दैनिक अध्यापन संगै आफ्नो अधिकारका सवालमा समेत समय खर्च गरिने समाजले जनाएको छ । समाजमा बिभिन्न शिक्षक संघ संगठनमा आस्था राख्ने महिला शिक्षकहरुको सहभागीता रहेको छ ।महिला शिक्षकहरुकाे अधिकारका लागि समाजकाे गठन कालीकाेटमा पहिलाे पटक हाे ।