एमालेको जिल्ला अध्यक्षमा नेता बमको उमेदवारी धोषणा

पुस २५,कालीकोट । नेकपा एमाले कालीकोटको जिल्ला अध्यक्षमा नेता धिर बहादुर बमको उमेरद्वारी धोषणा गरेका छन् । शनिवार उद्घाटन गरीएको दशै जिल्ला अधिवेशनको समिक्षा कार्यक्रममा नेता बमले आफु नेकपा एमालेको पुरानो संथापक नेता र बलियो उमेरद्वार भएकाले नेकपा एमालेको जिल्ला अध्यक्षको लागि उमेरद्वारी धोषणा गरेको बताएका हुन।

नेकपा एमालेको दशै जिल्ला अधिवेशनले नयाँ नेतृत्व छनोटको लागि सनिवार उद्घाटन गरीएको अधिवेशनमा पार्टी अध्यक्षको लागी नेकपा एमालेका प्रदेश कमिर्टी सदस्य तथा भुमि सम्बन्धि समस्या सामाधा आयोगका अध्यक्ष, नेकपा एमाले कालीकोटका जिल्ला सल्लाकार संयोजक एवम वरिष्ठ नेता धिर बहादुर बमले पार्टी अध्यक्षको लागि उमेरद्वारी धोषणा गरेका छन  ।

शनिवार देखि उद्घाटन गरीएको अधिवेशन मार्फत नयाँ नेतृत्व चएन गर्नका लागि आफु एमालेको संथापक एवम द्धन्द पिडित र जनआन्दोलनको घाईते, पार्टीको पुर्णकालिन कार्यक्रर्ता भएकोले एमाले कालीकोटको अध्यक्षको लागी आफु बाहेक अरु कोही सक्षम हुन नसक्ने बताएका छन  ।

२०४७ शालको ईलाका कमिटी अध्यक्ष, २०४८सालको अनेरास्वव्यू (पाँचौं)को सुर्खेत कालीकोट संम्पर्क मन्चको अध्यक्ष, २०५४ सालमा जिल्ला कमीटी सदस्य, २०५५ मा जिल्ला परिसद कालिकोटको मनोनित सदस्य, २०५९ मा नेकपा एमाले कालीकोटको जिल्ला कार्यालय सचिव, २०६४ को पहिलो संविधान सभाको उमेद्वार, २०७० शालमा को चुनावको समयमा नेकपा एमाले कालिकोटको जिल्ला संयोजक, २०७४ शालमा भएको स्थानिय तहको चुनावमा पलाँता गाउपालिकाको उम्मेदवार, २०७७ शालमा नेकपा एमालेको केन्द्रिय सदस्य, २०७८ शालमा नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य लगाएतका धेरै पदहरुमा बसेर पार्टिका लागि आफुले योगदान गरेको हुदा आफु अहिले नेकपा एमाले कालिकोटको जिल्ला अध्यक्षको उम्मेदवार भएको बताएका छन् ।

अनुभवि तथा सँस्थापक नेता धिरवहादुर बमले आफुले आम जिल्लाबासिहरुका लागि कहिल्यै अन्नाए नगरेकाले दशौ जिल्ला अधिवेसनका लागि छनौट भएर आउने प्रतिनिधिहरु सवैले आफुलाई पनि न्याँय गर्ने बताए  ।

किन आवश्यकः नेता धिर बहादुर बम

१, जनताको बहुदलिय जनवाद प्रतिको प्रतिवद्धता
नेतृत्वमा नैतिक एवम वैचारिक स्वच्छता ।

२,गुट–फुटबाट अपनाऔं सर्तकता
मजबुद बनाऔं पार्टी एकता।

३,पार्टी भित्रको आर्थिक व्यवस्था,
पारदर्शिताको सुनिश्चितता।

४,पुरानो पुस्ताको व्यवस्थापन,
नयाँ पुस्ताको परिचालन।

५, पार्टीमा गरौं दण्ड– पुरस्कारको व्यवस्था,
बचाई राखौं जनताको भोरोसा र आस्था।

६,जन आधारित नेता—कार्यकार्ता
पार्टी निर्माण कार्यमा तिव्रता।

७ नेतृत्व बनाऔं पुर्णकालीन
पार्टी बनाऔं दृघकालीन ।

नेकपा एमाले कालीकोटका पार्टी अध्यक्षका उमेरद्वार धिर बहादुर बम