
असार ९,कालिकोट । कालिकोटको तिलागुफा नगरपालीका वडानम्बर ४ राचुलीमा प्रदेशनं-३ को स्कारपियो गाडि दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि पश्चिम नवलपरासीका बर्ष २५ का चालक नबिन मगरको घटना स्थलमै मृत्यु भएको हो ।
कालिकोटको नाग्म वजार देखि नेपालगञ्ज फर्किदै गरेको प्रदेश नं. ३ को ०१ ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना परेको प्रहरिले जनाएको छ। गाडिमा चालक मात्र रहेको बताईएको छ । स्कारपियो गाडि सुर्खेत वाट रिर्जभमा जुम्ला पुगेको थियो । मृतक चाकलको सब पोष्टमार्टमकालागि जिल्ला अस्पताल मान्मा ल्याइएको छ ।



karnalipress
९ असार २०७९, बिहीबार १९:२५