
ललित विष्ट,माघ १,कालिकोट–जिल्लामा राष्ट्रि प्रसारणलाइनको ३३.केभी विद्युत् जडान गरेको करिव दुई वर्ष भयो । कालिकोट जिल्लाको सबै क्षेत्रमा भने अझै विद्युत् विस्तार हुन सकेको छैन।
जिल्लावासीले बत्तीमुनिको अँध्यारो भने झै टुकीको उज्यालोमा बस्नु परेको छ । विकट गाउँपालिकामा विद्युत् विस्तार नहुँदा टुकीको साहारा लिनु परेको हो । स्थानीय उत्पादन पोतमारा विद्युत् आयोजनामा पहिरो गएको चार वर्ष भयो । आयोजना रहेको रास्कोट र सान्नी त्रिवेणी गाउँपालिकामा भने राष्ट्रिय प्रसारणलाईन छिट्टपुट पुगेको छ ।
जिल्लाका अन्य पाँच पालिकाका गाउँ अँध्यारोमा छन्। नगरहिनाथ,शुभकालिका,महावै,पचालझरना,पलाँ गाउँपालिका र तिलागुफा र खाँडाचक्र नगरपालिका केही बस्तीमा पनि बत्ती छैन। यो पालिकामा विद्युतको लागि पोल र लाईन राखिएको छ तर, विद्युत् विस्तार नहुँदा बिजुलीको उज्यालोमा बस्ने स्थानीयको आशा अधुरै रहेको छ ।
बिजुलीका लागि पोल गाडिएको धेरै वर्ष नाघिसकेको छ । नरहरीनाथका स्थानीय संगिन भण्डाराले भने ‘बस्तीमा बिजुलीको तार र पोल पु¥याएको छ। तर गाउँका बस्ती छैन। पोलहरू गाडेर तारहरू पनि टाँगिसकेको छ । अझै बत्ती आउने आशा छैन ।’
पोतमारा जलविद्युतले कालिकोटको विद्युत् प्रसारण क्षेत्रमा उच्च योगदान गरेको भए पनि मर्मतकालागि कसैले चासो दिएका छैनन्। मर्मत नहुदा कालिकोटका सबै क्षेत्र उज्यालो हुन सकेको छैन । यस्तै पचालझरना,पलाँता र शुभकालिका गाउँपालिकामा पनि बत्तीकै समस्या छ ।
गाउँ बस्तीमा विद्युत बिस्तारको बारेमा विद्युत वितरण केन्द्र कालिकोटले वास्त गरेको छैन । जिल्लामा बन्न लागेको शवस्टेशनको निर्माण कार्य पनी ओझेलमा छ । जिल्लामा राष्ट्रिय प्रसारणालाईनको विद्युत पुगेको दुई वर्ष पुग्दा पनि निर्माण कार्य सम्पन्न भएको छैन् । जिल्लाका पालिकामा तार विस्तार भएको भए पनि काम बिस्तारै भईरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा आएको राष्ट्रिय प्रसारणलाईले पनि राम्रो काम नगरेको सेवाग्राहीको गुनासो छ । यस मध्य रास्कोट,खाँडाचक्र,नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा विद्युतको लाईन छिट्टपुटरुपमा लगीएको छ
karnalipress
२९ पुष २०७९, शुक्रबार २०:२३