राउटे समुदायको पनि जनगणना गरियो

सुर्खेत ।सुर्खेतकर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । विभिन्न स्थानमा फिरन्ते जीवन विताउँदै आइरहेका राउटे समुदाय अहिले सलयानको बनगाड कुपिण्डे नगरपालिका ३ कारागाउँमा बस्दै आइरहेका छन् ।

सुरुमा जनगणना गराउन नमानेका राउटेहरु पछि भने जनगणना गराउन राजी भएका थिए । २०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरुको सङ्ख्या १४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ जना गरि जम्मा १४५ राउटे रहेका छन भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए ।
उनका अनुसार गणक टोलि राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेक हुन । पछिल्लो चरणमा मृत्युुदर बढ्दै भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन विताउदै आएका उनीहरुको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ वालुवासँग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोहि नगरको वडा न १ घाटगाउँमा बसाइँ सरेको थियो ।

एक साता यता राउटे पुनःनगरको वडा १ नाम्रा हुँदै अहिले वडा न ३ को काँरागाउँमा बसाई सरेका छन् । सोहि क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ । सरकारले भत्ता उपलब्ध गराउदै आए सङ्गै उनीहरुको जीवनशैली फेरिएको छ ।