
चैत २८,कालिकोट । नेकपा एमाले नरहरिनाथ गाउँपालिकाबाट आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा टेक बहादुर बुढा सर्वसम्मत सिफारिस भएका छन् । उनलाई आज बसेको गाउँ कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हो । उनी नेकपा एमाले कालिकोटका सचिव समेत हुन ।
उक्त पालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट धीरबहादुर विष्ट विजयी भएका थिए । उनी हाल नेकपा एसमा प्रवेश गरिसकेका छन् ।
नेकपा एमाले नरहरिनाथ गाउँपालिकाबाट बैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा टेक बहादुर बुढा सर्वसम्मत गरे पछी उनि संगै गाउँमा राजनिति चहल पहल समेत बढिरहेको छ।



karnalipress
२८ चैत्र २०७८, सोमबार १९:४४