कर्णाली राजमार्गको पिलि खण्ड खुल्यो

 कात्तिक १,कालिकोट। बर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको पिलि खण्ड खुलेको छ। करिब एक हप्ता लामो प्रयास पछि मान्मदेखि पिलि खण्ड खुलेर चौखोला सम्म गाडी चल्न थालेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार मान्म देखि नाग्म सम्म दर्जनौ स्थानमा पहिरो गएको थियो ।

राजमार्ग खुलेपनि धेरै स्थानमा पहिरो फेरी आउने डर छ। मान्म देखी नाग्म सम्म करिब ७ किमी क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ।

राजमार्गको अनुगमन

कर्णाली राजमार्गको अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,प्रहरी प्रमुख जयस्वर रिमाल,नेपाली सेना,सशस्त्र प्रहरी,पत्रकारलगाएतले मान्मदेखि चौखोला सम्माको कर्णाली राजमार्ग अनुगमन गरेका हुन्।

राजमार्गको स्थलगत अनुगमनगर्न गएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भएपनि दिर्घकालिन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताएका छन्। सडक खुलाउने र दिर्घकालिन रुपमा राजमार्ग बनाउन सवैको सहयोग आवश्यक भएको बताएका छन्।

प्रहरी प्रमुख जयस्वर रिमालका अनुसार कालिकोटको पिली देखी चौखोला सम्म काम सकेर गाडि पुगेको छ। चौखोला देखी नाग्म सम्मको करिब ३० किलोमिटरमा सवैभन्दा कठिन अवस्था छ । धनाडा देखी नाग्म सम्म मात्रै १५ स्थानमा ठूला ढुंगा बिष्फोटन गर्नुपर्ने अवस्था रहेको बताईएको छ।