भाद्र २८,कालिकोट। नेकपा एमाले कालीकोट संगठन बिस्तारमा जुटेको छ । लामो समयको बिवादपछि एमालेवाट माधव नेपाल समुह चोईटीएर गएपछि एमाले कार्यकर्तामा कुनै पनि बिचलन्ता नआहोस भनेर नेताहरु गाउँमा केन्द्रीत भएका छन् ।
एमाले अध्यक्ष नगेन्द्र शाही, उपाध्याक्ष रमेश कुमार शाही, प्रदेश सदस्य जसिप्रसाद पाण्डे, भरतराज धिताल, बिरेन्द्र वोगटी, गंगनवहादुर शाही, जिल्ला कमिटि सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख दयाराम सिम्खडा लगाएत नेताहरु गाउँमा संगठन सुदृढ तथा बिस्तारमा जुटेका छन् । हिजो एमालेले शाँनीत्रिवेणीमा र आज रास्कोटमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
भेलामा वोल्दै अध्यक्ष लगाएतका नेताहरुले एमाले बिभाजन नभएर केही अवसरवादीहरुले पदका लागि एमाले छोडेको जानकारी गराएका थिए । नेताहरु माधव नेपाल र उनका सर्मथकले पार्टी फुटाउन ४० प्रतिसत जुटाउन नसक्दा प्रमादेशको सरकारले दल फुटाउने अध्यादेश ल्याएर २० प्रतिसत भए पुग्ने प्रापधान राखेर एमालेवाट अलग गराएको कुरा कार्याकर्ता मार्फत जनतामा पुगाउन सुझाव दिएका थिए ।
सरकारले माधव नेपाल र मधेसका केही नेतालाई दल फुटाउन सहज होस भनेर राजनितिक दल बिभाजन सम्वन्धीको अध्यादेश ल्याएको थियो । एमाले नेताहरुले माधव नेपालले एमाले सकाउन १५ वर्ष सम्म आफै महासचिवमा रहेको र संबिधान सभामा तेस्रो दलमा झारेर एमाले बिरोधी ब्यवहार देखाएकाले कार्यकर्ताले नवौ महाँधिवेशन पछारेको वदला लिन माओवादी काग्रेस र मधेसी दलसंग मिलेर आफ्नै सरकार ढालेको कुरा आम रुपमा जानकारी भएको स्मरण गराउन नेता गाउँमा प्रवेश गरेका छन् ।
एमाले सत्तामा हुदा देशमा स्थाई सान्तीको आभास भएको कुरा आम रुपमा दिनको घाम जस्तै र्छलग भएको एमाले नेताहरुले वताउने गरेका छन । एमाले कालीकोटले भोली रास्कोट नगरपालिकामा पनि अगुवा कार्यकर्ताहरुको भेला राखेको छ ।
karnalipress
२८ भाद्र २०७८, सोमबार १३:०२