चैत्र २४ ,कालिकोट। बिपद वाजा बजाएर आउदैन, हरेक खालका बिपद आकस्मीक आउने भएकाले यसबाट जागिन पुर्व तयारी अति आवस्यक पर्ने हुन्छ । जिल्ला बिपद ब्यवस्थापन समिति कालीकोटले सबै खाले विपदसंग लड्नका लागि सिकाईरहेको छ ।
आज कोटदरवारमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, रेडक्रस सोसाईटी कालीकोट शाखा, गैरसरकारी सस्थाले सयुक्त रुपमा बिपद न्युनिकरणका लागि तत्काल उद्धार र राहत, प्राथमिक उपचार लगाएतका बिषयमा सिकाईएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जुनसुकै बेला पनि विपद आउने भएकाले प्रतिकार्य योजनाका बारेमा सबैलाई जानकारी गराउन अभ्यास गरिएको सुनाए । उनले हामी हिमाली तथा पहाडी जिल्लाका नागरिक जोखिमको हिसावले निकै वढी भएकाले समुदाय स्तरमै विपद प्रतिकार्य योजनाका बारेमा तालिम प्राप्त सुरक्षाक्रर्मीले अभ्यास गर्दा समुदाय स्तरमा पनि ज्ञानको बिकास हुने र सम्भाबित विपदबाट जोखिम, उद्धार गर्न सहज हुने बताए ।
नेपाली सेनाका मेजर निरज प्रताप राणाले जहिले पनि विपद ब्यवस्थापनमा सुरक्षा निकायकै अग्रसरता रहने भएकाले आगामी दिनमा कालीकोटमा आउने विपदबाट जोगिन यो अभ्यास गरेको बताए । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी सिद्धराज न्यौपानेले यो मौसम आग्लागीको वढी जोखिम भएकाले घरमा वस्तीमा आग्लागी भएको खण्डमा कहाँ कसरी नियन्त्रणमा लिने र मानविय क्षदीहुन बाट जोगाउने भन्ने बिषयमा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पनि यो अभ्यास गरिएको जानकारी बताए। अभ्यासमा वस्तीमा आगजनी भएको र धेरै मानिस हताहती भएको खण्डमा उद्धार, राहत, पुर्नवास, उपचार एकै पटक गर्नका लागि कसरी उपलब्ध जनशक्तीलाई परिचालन गर्न सकिन्छ भनेर देखाईएको थियो ।
karnalipress
२४ चैत्र २०७८, बिहीबार १९:४९