कराँतेका खेलाडीहरुको छनोट सुरु

ललित विष्ट माघ २७,कालिकोट। प्रदेश स्तरीय कराँते प्रतियोगिताको लागि कालिकोटमा छनोट सुरु भएको छ। कर्णाली प्रदेशका पाँच जिल्लाका खेलाडीहरु बिचबाट कर्णाली प्रदेश र अन्य प्रदेशमा खेल खेल्नको लागी सितोरियो कराँतेका सुर्खेत,दैलेख,सल्यान, जुम्ला  र कालिकोटका खेलाडीहरु कालिकोटमा छनोट गरिएको हो । मधेश प्रदेशमा फागुन देखि हुने प्रथम मिथिला राष्ट्रिय खेलकुद प्रतीयोगिताको लागी पनी खेलाडी छनोट गरीएको बताइएको छ ।

शनीबार कालिकोटको मान्ममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीले छनोट कार्यक्रमको उद्घाटन गरेकाहुन्। आजबाट सुरु भएको छनोटमा ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथिका खेलाडिहरुको छनोट सुरु भएको खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेश बहादुर शाहीले जानकारी दिए । कार्यक्रममा महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह, भिजन,प्रमुख,जिल्ला अधिकारी गणेश नेपाली,डिएसपी अर्जुन केसी,पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,खेलाडी तथा अन्यको सहभागीता रहेको थियो ।