
असोज ११,कालीकोट।कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका उपाध्याक्षले पत्रकारका बिरुद्ध जिल्ला अदालतमा दिएको मुद्दा फिर्ता लिएकी छन । आफ्नो र कृषि मन्त्रीको नाम जोडेर समाचार प्रकाशित गरेको भन्दै पत्रकार बिरुद्ध दिएको वेइजेतीको मुद्दा आफुले आक्रोषमा आएर दर्ता गराएको भन्दै फिता गरेकी हुन् ।
समाचार सेयर गरेको र स्टाटस हालेको भन्दै आधा दर्जन पत्रकार बिरुद्ध दर्ता गराएको मुद्दा गाउँपालिका उपाध्याक्षले फिर्ता लिएको जानकारी गर्नु भएको छ । उहँँले आफ्नै रिसले आफै घाटामा परेको भन्दै मुद्धा फिर्ता लिदा १५ हजार पैसा खर्च भएको समेत जानकारी गराउनुभयो ।
समाचार सेयर गरेको भन्दै रेडियो नयाँ कर्णाली तथा कर्णाली प्रेसका अध्यक्ष पत्रकार ललित बिष्ट माथि गरेको हातपात र गाली गलौजका बिरुद्ध पत्रकारले आन्दोलन गर्ने र उपाध्याक्ष बिरुद्ध समेत मुद्दा दर्ता गर्ने भनेपछि उपाध्यक्ष पम्फा कुमारी शाहीले आफुले आवेगमा आएर मुद्दा दर्ता गरेको र पत्रकार माथि पनि जाईलाग्नु मेरो गल्ती भएको भन्दै माफि माग्दै मुद्दा फिर्ता लिनु भएको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटमा आफुले समाचारकै बिषयमा गरेको ब्यवहार गलत भएको भन्दैमा आफुलाई एक पटकलाई माफि दिन भनेपछि पत्रकारले अदालतमा आफु बिरुद्ध दर्ता भएको मुद्दा फिर्तालिन माग गरेका थिए । पत्रकारको माग अनुसार मुद्दा फिर्ता लिएर आज सहमती भएको छ ।
गाउँपालिका उपाध्याक्षले आफ्नो पक्ष लिएर कसैले पनि पत्रकारलाई फोन गरी कुनै कुरा नगर्न पनि आफुले सार्वजनिक रुपमा अपिल गर्ने भनेपछि पत्रकारले एक पटकका लागि गाउँपालिका उपाध्याक्षलाई माफि दिदै आगामी दिनमा समाचारका बिषयमा अराजकता नदेखाउन सुझाव दिएका थिए ।
असोज ८ गते समाचार सेयर गरेको र फेसवुकमा स्टाटस लेखेको भन्दै पत्रकार ललित बिष्ट माथि जिल्ला प्रहरी कार्यालय कालिकोटको हाताभित्रै हातपात भएको थियो,भने गोरखापत्रका कालिकोटका समाचारदाता प्रेमराज सिम्खाडालाई गाली गलौज भएको थियो । त्यसका बिरुद्ध पत्रकार बिस्टले गाउँपालिका उपाध्याक्ष जस्तो ब्यक्तिले आफ्नो पदको घेरा तोडेर समाचार सेयर गरेकै बिषयमा सत्ता र पदको दुरुपयोग गरेको भन्दै कानुनी कार्वाही गर्न माग गदै प्रहरीमा उजुरी दिएका थिए ।
गाउँपालिका उपाध्याक्ष पम्फा कुमारी शाहीको टिकटक आईडीमा कर्णाली प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीको तस्वीर सहितको बिन्दास गितको भिडियो अपलोड भएपछि बिभिन्न संन्चार माध्यमा गाउपालिका उपाध्याक्ष संग मन्त्री शाहीको नाम जोडर समाचार प्रकाशन भएको थियो । सोही समाचार पत्रकार बिष्टले सेयर गर्नु भएको थियो भने अन्य पत्रकारले त्यसै समाचारमा ब्यग्य गदै स्टाटस लेखेका थिए ।
आज जिल्ला प्रहरी कार्यालय कलाीकोटमा भएको छलफलमा शुभकालिका गाउँपािलका अध्यक्ष खडानन्द चौलागाईले समाचारको बिषयमा चित्त नवुझे उजुरी गर्ने ठाउँ हुदा हुदै पत्रकार माथि दुरब्यवहार गर्नु काुननी रुपमा गलत भएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारले राम्रो कुरामा वढि जोड दिएर समाचार लेखिदिन आग्रह समेत गर्नुभयो । छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सबैले आफ्नो हैसियतमा वस्न जान्नु पर्ने वताउनुभयो ।



karnalipress
११ आश्विन २०७८, सोमबार १९:०२