कालिकोट तीन स्थानिय तहको नतिजा सार्वजनिक

ललित बिष्ट जेठ २,कालिकोट । कालिकोटका नौ स्थानीय तह मध्य तिन स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, र पलाँला गाउँपालिका गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार कमल वहादुर शाहीले २ हजार ९ सय १९ मतका साथ विजयी भएका छन्। उउनले एमालेका पुर्व नगरप्रमुख जसिप्रसाद पाण्डेलाई ३ सय १० मतले हराउदै नगरप्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले २  हजार ६ सय ९ मत ल्याएक थिए।

उपप्रमुखमा माओवादी केन्द्रका गणेशवहादुर शाही २ हजार ९ सय २६ मतका साथ उपप्रमुखमा निर्वाचित भएका छन् । शाही दोयले चुनावी तालमेल गरेका थिए । उनिले एमालेका मिना शाहीलाई ५२० मतले पराजित गरेका हुन् । मिना शाहीले २ हजार ३ सय ९९ मत ल्याउदै दोस्रो  बनेकि छन् ।

गठवन्दनमा एसलाई भाग नपरेपछि कमलवहादुर शाही स्वतन्त्रवाट नगरप्रमुखमा उम्मेदवारी दिएका थिए। पछि माओवादी केन्द्रले उनै स्वतन्त्र उम्मेदवारसंग गठवन्धन गरेर वाँजी मारेको छ ।

यस्तै तिलागुफा नगरपालिकामा नेपाली काग्रेसका शंकरप्रसाद उपाध्याय २ हजार ९ सय १६ मतका साथ विजयी भका छन् । उनले माओवादी केन्द्रका दिनेश चदाँरालाई ३ सय ८६ मतले पछि पादै नगरप्रमुखमा बिजयी भएका हुन् ।

तिलागुफा नगरपालिकामा एमालेका महेन्द्रवहादुर शाही नगरउपप्रमुखमा २ हजार ७ सय ५६ मतका साथ निर्वाचित भएका छन् ।  उनले  आफ्ना प्रतिदन्दी माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार गिता कुमारी ओली थापालाई ३ सय ४१ मतान्तरले पारजित गदै विजयी भएका हुन् ।  यहाँ नेपाली काग्रेस र नेकपा एमालेको सयुक्त गठबन्धन भएको थियो ।

जिल्लाको पलाँता गाउँपालिकाको पनि अन्तीम परिणाम आएको छ । यहाँ माओवादी केन्द्रको प्यानल नै विजयी भएका हुन् । माओवादी केन्द्रका बिष्णु रोकायाले २ हजार २  सय ९२ मत ल्याएर विजयी  उनले ८  सय ३६ मतान्तर पारेका छन् ।
उनका प्रतिदन्दी नेपाली काग्रेसका केसरसिहं बमले १ हजार ४ सय ५६ मत ल्याएर पराजय भएका हुन् । उपाध्याक्षमा माओवादी केन्द्रकै अलैपुरा जैसिले १ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्।  उनले नेकपा एमालेका जलसा वुढालाई १ सय ४९ मतान्तरले हराउदै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । पराजित वुणले १  हजार ५ सय ९४ मत ल्याका थिए । पलाँतामा माओवादी केन्द्रले वडा नं १, २, ३, ४, ५, र ८ मा विजय हासिल गरेको छ भने वडा नं ५, र ९ मा नेपाली काग्रेस विजयी भयो भने वडा नं ७ मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन ।